२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
उपराष्ट्रपति यादवसँग इजिप्टका राजदूतको शिष्टाचार भेट नागरिकको अपेक्षा पूरा गर्न हामी प्रतिबद्ध छ : रास्वपा महामन्त्री बुर्लाकोटी पुरस्कार र दण्डको नीतिलाई कडाईका साथ लागु गर्न महानिरीक्षकको निर्देशन अतिक्रमित संरचना हटेपछि पृथ्वीचोक–नयाँबजार सडक फराकिलो शपथ लिन शीतल निवास पुगे गुरूङ र पुन विपक्षी दलहरूको संयुक्त बैठक सिंहदरबारमा जारी भक्तराज आचार्य राष्ट्रिय संगीत सम्मान २०८२ सम्पन्न, मीरा राणा र सी.के.रसाइली सम्मानित सर्वोच्चद्वारा सांसद बोहराको नाम प्रतिवेदनमा समावेश गर्नुको कारण पेश गर्न आयोगलाई आदेश मन्त्रिपरिषद् बैठकमा डीडीसीका परिकार प्रधानमन्त्रीलाई काँग्रेस नेता केसीको सुझावः इतिहास अध्ययन गर्नुस्
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालले विश्वकपअघि घरेलु मैदानमा वेस्ट इन्डिज ‘ए’ सँग खेल्ने



अ+ अ-

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीले आइसीसी टि–२० विश्वकपअघि घरेलु मैदानमा वेस्ट इन्डिज ‘ए’ सँग सिरिज खेल्ने भएको छ ।

नेपालले वेस्ट इन्डिज ‘ए’ सँग ५ टि२० खेल खेल्ने भएको हो । सिरिज अप्रिल २५ देखि ५ मेसम्म चल्नेछ । एसीसी मेन्स प्रिमियर कप खेलेर फर्केपछि नेपालले यो सिरिज खेल्नेछ ।

प्रिमियर कप अप्रिल १२ देखि २१ सम्म ओमानमा सञ्चालन हुँदैछ । हाल भारतमा रहेको नेपाली टोली त्यहीँबाट सिधै ओमान प्रस्थान गर्नेछ ।

जुनमा हुने विश्वकपको आयोजना अमेरिका र वेस्ट इन्डिजमा हुँदैछ । नेपाल समूह डी मा रहेको छ । नेपालसँगै यस समूहमा दक्षिण अफ्रीका, श्रीलंका, बंगलादेश र नेदरल्यान्ड्स रहेका छन् ।