२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
ट्राफिक नियम उल्लङ्घनमा २,३९२ चालक कारबाही, २४ घण्टामा २१ लाखभन्दा बढी राजस्व सङ्कलन बालेन्द्र सरकारमा सुधन गुरुङ पुनः गृहमन्त्री, आजै ३ बजे शपथग्रहण आगामी दशकलाई ‘आन्तरिक रोजगारी प्रवर्द्धन दशक’का रूपमा मनाउने श्रममन्त्री यादवको घोषणा एमाले पुनर्गठन कार्यदलको बैठक च्यासलमा सुरु, एक महिनाभित्र प्रतिवेदन बुझाइने पोखरा बसपार्क निर्माणका लागि महानगर र जग्गाधनीबीच सहमति, रिट फिर्ता लिने समझदारी तोलामा २ हजारले बढ्यो सुनको मूल्य डेडिकेटेड–ट्रङ्क लाइन बक्यौता असुली तत्काल अघि बढाउन अध्यक्ष घिसिङको आग्रह विश्वकप हेर्न हिँडेका एन्फा अध्यक्ष र महासचिवलाई अध्यागमनले विमानस्थलबाट फर्कायो सुरक्षित नेपालका लागि साझेदारी, ज्ञान र उत्थानशीलताको आवश्यकतामा जोड काठमाडौं महानगरपालिकाको १९ औं अधिवेशन यही जेठ ३१ गते हुने
तपाईं के खोज्दै हुनुहुन्छ ?

काँग्रेसलाई गलाउनका लागि संसदीय छानविन समिति बनाइएन: सचेतक थिङ



अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसकी सचेतक सुशिला थिङले सरकारले नेपाली काँग्रेसलाई गलाउनका लागि संसदीय छानविन समिति नबनाएको बताउनुभएको छ ।

मंगलवार प्रतिनिधि सभा बैठकमा बोल्दै काँग्रेसकी सचेतक सुशिला थिङले आफ्नो पार्टीले सूर्यदर्शन सहकारीको रकम हिनामिना प्रकरणका लागि संसदीय छानविन समिति बनाउन माग गरेपनि सरकारले काँग्रेसलाई गलाउनका लागि गठन नगरेको बताउनुभएको हो । उहाँले काँग्रेसलाई थकित गराउनका लागि सरकारले आफुहरुको कुरा नसुनेको भन्दै बाध्य भएर आफुहरुले संसदमा उभिनु परेको बताउनु भयो । उहाँले संसदको कुनैपनि काम, कारबाही अगाडी नबढाउन पनि आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो – ‘सूर्य दर्शन सहकारी लगायत ६ वटा सहकारीबाट करिब १ अर्ब रुपैयाँ गोर्खा मिडिया कम्पनीमा लगाइएको छ । यो एक अर्ब कम्पनीले लान पाउँछ कि पाउँदैन ? यो गैर कानूनी काम गर्नेले दण्ड पाउँछ कि पाउँदैन ? यो प्रश्न गर्न चाहान्छु । पाउँछ भने गोर्खा मिडिया कम्पनीको सञ्चालक खोज्न पर्दैन ? गोर्खा मिडिया कम्पनीले अर्बौ रुपैयाँ गैरकानूनी लिदाँको सञ्चालक र प्रवन्ध निर्देशक रवि लामिछानेलाई सजाय हुन्छ कि हुँदैन ? दण्ड हुन्छ कि हुँदैन ? रवि लामिछानेको ठाउँमा अरु जो कोही भएको भएपनि अनुसन्धान हुन्थ्यो होला ।’

‘कानून लाग्थ्यो होला । रवि लामिछाने भएकोले अनुसन्धान नै रोकिने ? यो कस्तो सरकार हो ? सरकार जवाफदेही हुनुपर्छ कि पर्दैन ? काँग्रेसले विगत धेरै दिनदेखि संसदमा चलेको विषयहरुको कुरा उठाउँदाखेरी पनि सरकारले वास्ता नगरेको कारणले, गैरजिम्मेवार भएको कारणले, सूचना दिँदा दिँदा सरकारले कांग्रेसलाई गलाउनका लागि, थकित गराउनका लागि यो संसदीय छानविन समिति गठन नगरेको कारणले हामी बाध्य भएर उभिएका छौँ । कुनै पनि काम, कारबाही अगाडी नबढाउनको निम्ति अनुरोध गर्दछु । सरकार गैर जिम्मेवार भएर हामीलाई बाध्य नबनाओस् ।’

सचेतक थिङले सूर्यदर्शन सहकारी लगायत ६ वटा सहकारीबाट करिव १ अर्ब रुपैयाँ गैरकानूनी रुपमा गोर्खा मिडिया कम्पनीमा लगाइएको भन्दै त्यस्तो काम गर्नेले दण्ड पाउँछ पाउँदैन भनेर प्रश्न गर्नुभयो । उहाँले गोर्खा मिडिया कम्पनीको तत्कालिन सञ्चालक र प्रवन्ध निर्देशक रवि लामिछानेलाई सजाय हुन्छ कि हुँदैन ? भन्ने उहाँको प्रश्न छ । उहाँले गृहमन्त्री रवि लामिछाने भएको कारण अनुसन्धान रोकिएको बताउनु भयो ।