२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
न्युजिल्याण्डले ऊर्जा सुरक्षा मजबुत बनाउन ‘एलएनजी’ सुविधा अघि बढाउने श्रीलङ्कामा तीन दिने डेङ्गु नियन्त्रण कार्यक्रम सुरु, पहिलो दिनमै व्यापक निरीक्षण मध्यपूर्व तनाव घट्ने सङ्केतसँगै लगानीकर्तामा उत्साह वसन्त ऋतुको हिमाल आरोहण मैझारो, एक अर्ब २६ करोड राजस्व संकलन शैय्या सङ्ख्याअनुसार शुल्क नतिर्ने स्वास्थ्य संस्था कारबाहीमा अदालतको लेटरप्याड र न्यायाधीशकै दस्तखत किर्ते गरेपछि… कामपा नगरसभाको १९औँ अधिवेशन आगामी ३१ मा पोखरा–भरतपुर–लुम्बिनीबीच पर्यटन प्रवर्द्धनका लागि ‘सिल्भर ट्रयाङ्गल’ समझदारी योग्य, सक्षम इमान्दारी नेतृत्व आवश्यक छ: महामन्त्री बुर्लाकोटी पशुपतिनाथ मन्दिर क्षेत्रमा सिक्री लुटपाट गर्ने पाँच भारतीय पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

कतारका अमिरको नेपाल भ्रमणमा के हुँदैछ ?



अ+ अ-

काठमाडौं: कतारका अमिर शेख तमिम बिन हमाद अल थानी यही वैशाख ११ गते नेपालको दुई दिने राजकीय भ्रमणका लागि आउँदैछन् । राष्ट्रपति रामचन्द्र पौडेलको मैत्रीपूर्ण निमन्त्रणमा कतारका अमिरको नेपाल भ्रमण हुन लागेको हो, तर नेपाल वा कतार कुनै पनि मुलुकले अमिरको भ्रमणको मिति औपचारिक रुपमा घोषणा गरेका छैनन् ।

स्रोतका अनुसार विशेष विमान मार्फत् नेपाल ओर्लन लागेका अमिरको भ्रमणका सन्दर्भमा नेपाल र कतारबीच विभिन्न विषयमा सम्झौताहरु हुँदैछन् । यी सम्झौतालाई अन्तिम रुप दिन अहिले राजधानीमा कतारी विदेश मन्त्रालयको उच्चस्तरीय टोलीले नेपालका परराष्ट्र मन्त्रालयका अधिकारीसँग छलफल गरिरहेका छन् ।

कतारी अमिरको यसअघि नै भ्रमणको तयारी थियो । तर इजरायल र हमासबीच युद्ध सुरु भएपछि अमिरको नेपाल भ्रमण स्थगित भएको थियो । अहिले फेरि इजरायल र इरानबीच नयाँ ढंगको द्वन्द्वका बीच अमिरको नेपाल भ्रमण हुन लागेको हो । दुबै देशका अधिकारीहरु यसपटक अमिरको भ्रमण स्थगित नहुने अपेक्षाका साथ अन्तिम तयारीमा जुटेका छन् ।

परराष्ट्र मन्त्रालयले तयार पारेको भ्रमण तालिका अनुसार, राष्ट्रपति पौडेलसँग अमिरको भेटवार्ता राष्ट्रपति कार्यालयमा हुनेछ । राष्ट्रपति पौडेलले अमिरको सम्मानमा रात्रिभोजको आयोजना गर्नुहुनेछ ।

यस्तै कतारी अमिरसँग प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शिष्टाचार द्विपक्षीय भेटवार्ता गर्नु हुनेछ । त्यस अवसरमा नेपाल र कतारबीच विभिन्न विषयमा सम्झौताहरु हुनेछन् ।
एक स्रोतका अनुसार, नेपाल र कतारबीच कम्तीमा १० वटा मन्त्रालयसँग सम्बन्धित दस्ताबेजमा आपसी समझदारीपत्रमा हस्ताक्षर हुनेछ । नेपालका अर्थ, गृह, कानुन, भौतिक पूर्वाधार, ऊर्जा, स्वास्थ्य, कृषि, उद्योग, वन मन्त्रालय तथा राष्ट्रिय योजना आयोगसँग समझदारी हुँदैछ ।

यद्यपी यी समझदारीहरुलाई नेपालको मन्त्रिपरिषदले पारित गर्ने तर संसदमै लैजाने किसिमका सम्झौता वा सन्धि नहुने बताइएको छ ।

कतारले नेपालको आर्थिक, सामाजिक विकासमा गर्न चाहेको सहयोगका बारेमा भने उच्च तहमा सहमति हुने अपेक्षा नेपाली अधिकारीहरुले गरेका छन् ।

कतारलाई दुई हात्ती उपहार

नेपालले कतारसँग गर्न लागेको वन तथा वातावरण मन्त्रालयसँगको समझदारीमा नेपालले कतारलाई दुई वटा हात्ती उपहार दिन लागेको समाचार छ । तर यी हात्ती जंगली हुन् वा घरपालुवा हुन् वा जंगली हात्तीका छावा हुन् स्पष्ट भइसकेको छैन ।

तथापि, समाचार अनुसार साढे ५ वर्षकी रुद्रकली र साढे ४ वर्षको खगेन्द्रप्रसाद नाम गरेका दुई हात्ती कतारको अलखोर चिडियाखानाका लागि नेपालले उपहारस्वरुप प्रदान गर्न लागेको हो । हाकाहाकी अनलाईनका अनुसार, दुबै हात्ती चितवन राष्ट्रिय निकुन्जको हात्ती प्रजनन केन्द्रको ज्वाइँ कहलिएको जंगली हात्ती रोनाल्डोका सन्तान हुन् ।

रुद्रकली एक हजार २०० किलो र खगेन्द्रप्रसाद एक हजार १९० किलो रहेको निकुन्जले जनाएको छ । नेपालले हात्ती र शाही बाजबारे चासो राख्दै कतारले दुई वर्षअघि नेपाल सरकारलाई पत्राचार गरेको थियो ।

निकुन्जका अधिकारीका अनुसार गत माघ ४ गते कतारको टोली चितवन गएर फर्किएको थियो । त्यसलगत्तै कतार एयरलाइन्सका अधिकारी पनि हात्ती लैजाँदा विमानभित्र अपनाउनुपर्ने प्राविधिक पक्ष बुझ्न आएको थियो । साथै, निकुन्जका अधिकारीहरु मनोजकुमार साह, विजयकुमार श्रेष्ठ समेतको टोलीले कतारको अलखोर जु हेरेर फर्केको थियो ।