२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
न्युजिल्याण्डले ऊर्जा सुरक्षा मजबुत बनाउन ‘एलएनजी’ सुविधा अघि बढाउने श्रीलङ्कामा तीन दिने डेङ्गु नियन्त्रण कार्यक्रम सुरु, पहिलो दिनमै व्यापक निरीक्षण मध्यपूर्व तनाव घट्ने सङ्केतसँगै लगानीकर्तामा उत्साह वसन्त ऋतुको हिमाल आरोहण मैझारो, एक अर्ब २६ करोड राजस्व संकलन शैय्या सङ्ख्याअनुसार शुल्क नतिर्ने स्वास्थ्य संस्था कारबाहीमा अदालतको लेटरप्याड र न्यायाधीशकै दस्तखत किर्ते गरेपछि… कामपा नगरसभाको १९औँ अधिवेशन आगामी ३१ मा पोखरा–भरतपुर–लुम्बिनीबीच पर्यटन प्रवर्द्धनका लागि ‘सिल्भर ट्रयाङ्गल’ समझदारी योग्य, सक्षम इमान्दारी नेतृत्व आवश्यक छ: महामन्त्री बुर्लाकोटी पशुपतिनाथ मन्दिर क्षेत्रमा सिक्री लुटपाट गर्ने पाँच भारतीय पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

अमेरिकामा नेपाली मूलका व्यवसायी संगठित



अ+ अ-

न्यूयोर्क । अमेरिकाको न्यूयोर्क आसपासमा व्यवसाय गरिरहेका नेपाली एवं नेपाली मूलका अमेरिकी व्यवसायीहरु संगठित भएका छन् । उनीहरुले ग्रेटर न्यूयोर्क नेपाली चेम्बर अफ कमर्श गठन गरेका हुन् ।

न्यूयोर्क, न्यूजर्सी र कनेक्टिकट राज्यमा व्यवसाय गर्ने नेपाली एवं नेपाली भाषी व्यवसायीहरु संलग्न रहेको यो संस्थामा ७४ वटा व्यवसायिक कम्पनी आवद्ध भएका छन् ।

एक वर्षसम्मको तयारीपछि गरिएको साधारणसभाले प्रदीप श्रेष्ठको अध्यक्षतामा सात सदस्यीय कार्यसमिति निर्वाचित गरेको छ । नयाँ वर्षको अवसर पारेर न्यूयोर्कमा गरिएको कार्यक्रममा संस्थाको कार्यसमितिसहित आधिकारीक घोषणा गरिएको हो । समितिमा छेपाक दोर्जे गुरुङ, छिरिंग गुरुङ, डा. सुलोचना गुरुङ, दीपक श्रेष्ठ, नेभिन क्षेत्री र निश्चल बाँस्कोटा सदस्य रहेका छन् ।

संयुक्त राष्ट् संघका लागि नेपाली स्थायी नियोगका प्रतिनिधि एवं राजदुत लोक बहादुर थापाको प्रमुख आतिथ्यतामा भएको घोषणा सभामा नेपाल सरकारका पर्यटन प्रवर्द्धक गोकुल श्रेष्ठ, न्युयोर्क राज्य एसेम्बली मेम्बर स्टिभेन रागा, क्विन्स बोरो डेपुटि प्रेसिडेन्ट ईबोनि योंग, न्युयोर्क सिटी मेयर अफिस स्मल विजिनेश सर्भिसका डेपुटि डाइरेक्टर हरिस खान, सुप्रिम कोर्ट जज कासान्द्रा जोनसनलगायत विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

नेपाली नयाँ वर्षको शुभकामना आदान प्रदानसहितको घोषणासभामा चेम्बर अफ कमर्शका अध्यक्ष श्रेष्ठले न्यूयोर्क आसपासमा रहेका नेपाली मूलका व्यवसायीहरुले भोग्नु परेको समस्यालाई संगठित ढंगले हल गर्न संस्था गठन गरिएको बताउनु भयो । उहाँले यो आसपासमा एक हजार भन्दा बढि नेपाली मूलका व्यवसायीहरु रहेको भन्दै सबैलाई संस्थामा आवद्ध गर्ने प्रक्रिया अघि बढाएको जानकारी दिनुभयो । त्यस्तै प्रमुख अतिथि राजदुत थापाले नेपालमा लगानीको वातावरण बनेको भन्दै यहाँको सिप र लगानीलाई नेपालमा विस्तार गर्न आग्रह गर्नु भयो ।

उहाँले आसन्न लगानी सम्मेलनमा सहभागि हुन आग्रह गर्दै व्यवसायीहरुलाई जस्तो सुकै सहयोग गर्न पनि नेपाल सरकार तयार रहेको जानकारी दिनुभयो । करिव दुई वर्षको अनौपचारिक छलफल र कानुनी प्रक्रिया पूरा गरी गत मार्च २४, २०२४ मा संस्थाले पहिलो साधारणसभा सम्पन्न गरेको हो । संस्थाले आठ सदस्यीय सल्लाहकार समिति पनि गठन गरेको छ । जसमा अमित प्रताप शाह, ग्याल्जेन नुरु शेर्पा, खगेन्द्र जिसी, मनिता देवि गुरुङ, नवराज केसी, पासांग नुरु शेर्पा, समीर महर्जन र उर्गेन शेर्पा रहेका छन् ।