२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
विपक्षीको अवरोधपछि राष्ट्रिय सभा बैठक स्थगित, सरकार र राजनीतिक दलप्रति अध्यक्ष दाहालको असन्तुष्ट सरकारले दबाब दिएर मात्रै नतिजा आउँदैनः पूर्वउपाध्यक्ष पोखरेल बिपी राजमार्गको रोशी क्षेत्रमा सवारी आवागमन बन्द कांग्रेसले बोलायो सिंहदरबारमा विपक्षी दलहरूको संयुक्त बैठक सरकारद्वारा डीडीसी उत्पादन प्रवर्द्धनलाई राष्ट्रिय प्राथमिकता, प्रधानमन्त्री शाहको पनि समर्थन बजेट सुन्दा कर्णप्रिय छ, तर भित्र रूपान्तरणकारी सोचको अभाव छः पूर्वअर्थमन्त्री पुन एनआरएनए पोर्चुगलद्वारा आर्थिक पारदर्शिताका लागि सङ्कलित रकम बैंक खातामा जम्मा गर्न आह्वान संसदको गतिरोध: विपक्षीको विरोध, सरकारको बिजनेस प्रभावित प्रधानमन्त्री जिम्मेवार नभएकाले संसद सुचारु हुन सकेनः काँग्रेस शिक्षा र स्वास्थ्यमा प्रस्तावित कर नीति उपयुक्त नभएको करविद् चन्द्रमणि अधिकारीको टिप्पणी
तपाईं के खोज्दै हुनुहुन्छ ?

एसिसी प्रिमियर कप: नेपालले युएईलाई दियो १२० रनको सामान्य लक्ष्य



अ+ अ-

काठमाडौँ । एसिसी प्रिमियर कप टि–२० क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा नेपालले युएईलाई १२० रनको लक्ष्य दिएको छ ।

ओमानको अल अमेरत क्रिकेट ग्राउण्डमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ९ विकेट गुमाएर ११९ रन जोड्यो ।

नेपालका लागि सन्दीप जोराले ४० बलमा ५० रनको योगदान दिए । करण केसीले १२ बलमा १७ रन तथा गुलशन झाले १६ बलमा २० रन जोड्दा अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

कुशल भुर्तेल शून्य रनमै आउट हुँदा आसिफ शेखले ८, रोहित पौडेलले ५, कुशल मल्लले ३, दिपेन्द्र सिंह ऐरीले ५, सोमपाल कामीले २ रनमात्रै बनाए । अभिनाश बोहरा १ तथा ललित राजवंशी २ रनमा नटआउट रहे ।

नेपाललाई सस्तैमा समेट्न युएईका बसिल हामिद, जुनैद सिद्धीकी र अलि नसिरले २ विकेट लिँदा ओमिद रहमान, मोहम्मद फारुक र आयान अफजल खानले १–१ सफलता हात पारे ।




भर्खरै