२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
प्रधानमन्त्रीलाई नेकपा सांसद चन्दको प्रश्नः हामीले भारतको सीमा मिचेका छौँ, भन्ने जानकारी कसले दियो ? दुग्ध विकास बोर्डलाई प्रभावकारी र परिणाममुखी बनाउन मन्त्री चौधरीकाे आग्रह पूर्वअर्थमन्त्री महतले भने: २१ खर्ब २४ अर्बको बजेट महत्वाकांक्षी तर कार्यान्वयनयोग्य सभामुखले संसदलाई पेलेर लैजाने नीतिले सही गन्तव्यमा पुग्न सकिँदैनः सांसद शाही प्रतिनिधि सभाको मर्यादा कायम राख्न सभामुख अर्यालको निर्देशन राज्य एक्लैले विकास सम्भव हुँदैन, निजी क्षेत्रको सहभागिता अपरिहार्य: पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डे राप्रपाले माग्यो अर्थमन्त्री वाग्लेको राजीनामा विपक्षी दलको अवरोधपछि प्रतिनिधि सभा बैठक बुधबारसम्म स्थगित प्रधानमन्त्रीको विवादास्पद अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन माग गर्दै अध्यक्ष राईद्वारा सङ्कल्प प्रस्ताव पेश सभामुखद्वारा संसदमा ५ मिनेट मौनधारणप्रति आपत्ति, ‘सभाको मर्यादा उल्लंघन भएको’ टिप्पणी
तपाईं के खोज्दै हुनुहुन्छ ?

वेस्ट इन्डिज ‘ए’ ले नेपाललाई दियो १६१ रनको लक्ष्य



अ+ अ-

काठमाडौँ । ५ खेलको टी–२० सिरिजअन्तर्गत दोस्रो खेलमा वेस्ट इन्डिज ए ले नेपाललाई १६१ रनको लक्ष्य दिएको छ । टस जितेर पहिले ब्याटिङ थालेको वेस्ट इन्डिज ए ले २० ओभरमा ७ विकेट गुमाएर १६० रन जोड्यो ।

वेस्ट इन्डिज ए का लागि आन्द्रे फ्लेचरले ३६ बलमा ४३, गुदाकेश मोतीले ८ बलमा ३३ रन जोडे । उनले ४ छक्का र २ चौका प्रहार गरे । रोस्टोन चेजले २२ बलमा २३ रन जोडे ।

यस्तै, जोनसन चाल्र्सले ११ रन जोड्दा अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

बलिङतर्फ नेपालका कुशल भुर्तेलले ४ ओभरमा २२ रन खर्चेर २ विकेट लिँदा सागर ढकालले ४ ओभरमा १९ रन खर्चेर २ विकेट लिए । यस्तै, सोमपाल कामीले २ ओभरमा १८ रन खर्चेर १ विकेट लिँदा दिपेन्द्र सिंह ऐरीले ३ ओभरमा ३९ रन खर्चेर १ विकेट लिए ।

यसअघि हिजो शनिबार भएको खेलमा नेपाल चार विकेटले विजयी भएको थियो ।




भर्खरै