२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
प्रतिनिधिसभा बैठक सुरू, विपक्षी दलको अवरोध कायमै करकाे दर हेरफेर विवादमा सरकारद्धारा अर्थमन्त्रीको बचाउ, मेहनत गरेर बजेट ल्याएकाे दाबी विपक्षीसँग प्रधानमन्त्रीलाई सोध्ने प्रश्न नै रहेनछन्ः प्रवक्ता पोखरेल रास्वपा बागमती प्रदेश अधिवेशन हेटौँडामा सुरु, नयाँ नेतृत्व चयन हुँदै महावीर पुन विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री बन्दै सुधन गुरुङमाथिको छानबिन प्रतिवेदन सरकारले गर्‍यो ग्रहण सरकारद्वारा चार जलविद्युत आयोजनालाई राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न स्वीकृति कार्यसम्पादनमा देखिएका समस्या तत्काल समाधान गर्न सञ्चारमन्त्रीको निर्देशन ‘क्रिटिक्स फिल्म अवार्ड २०८२’ को नतिजा सार्वजनिक, ‘ऊनको स्वीटर’ उत्कृष्ट चलचित्र नेपाल रेडक्रसमा नौ सदस्यीय तदर्थ समिति गठन
तपाईं के खोज्दै हुनुहुन्छ ?

सन्दीपको मुद्दा आज पनि हेर्न नभ्याइनेमा



फाईल फोटो
अ+ अ-

काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेको पुनरावेदन मुद्दामाथि आज पनि बहस हुन सकेन । उच्च अदालतमा समय अभावका कारण न्यायाधीशले मुद्दालाई नभ्याइनेमा राखेका हुन् ।

सन्दीपको मुद्दा न्यायाधीशद्वय धीरबहादुर चन्द र चन्द्रमणि ज्ञवालीको ४ नम्बर इजलासमा परेको थियो । छैटौं नम्बरमा रहेको मुद्दाको पालो नआएपछि सुनवाइ हुन नसकेको हो । यसअघि गत वैशाख १० गते तोकिएको पेशी पनि हेर्न नभ्याइनेमा परेको थियो ।

अदालतमा सुनवाइ धकेलिँदा सन्दीपले टि–२० विश्वकप खेल्ने सम्भावना सकिँदै गएको छ । नेपालले खेल्ने टी–२० विश्वकप जून २ बाट सुरु हुँदैछ । आउँदो मे १ सम्ममा नेपालले आफ्नो १५ सदस्यीय स्क्वाडको छनोट गरेर आइसीसीलाई पठाइसक्नुपर्ने छ ।

उच्च अदालतले सुनवाइमा सफाइ पाएको खण्डमा सन्दीप क्रिकेटमा फर्किन सक्नेछन् । तर, आज पनि सुनवाइ हुन नसकेपछि सन्दीप विश्वकप खेल्न अमेरिका जाने सम्भावना लगभग सकिएको छ ।