२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
ट्राफिक नियम उल्लङ्घनमा २,३९२ चालक कारबाही, २४ घण्टामा २१ लाखभन्दा बढी राजस्व सङ्कलन बालेन्द्र सरकारमा सुधन गुरुङ पुनः गृहमन्त्री, आजै ३ बजे शपथग्रहण आगामी दशकलाई ‘आन्तरिक रोजगारी प्रवर्द्धन दशक’का रूपमा मनाउने श्रममन्त्री यादवको घोषणा एमाले पुनर्गठन कार्यदलको बैठक च्यासलमा सुरु, एक महिनाभित्र प्रतिवेदन बुझाइने पोखरा बसपार्क निर्माणका लागि महानगर र जग्गाधनीबीच सहमति, रिट फिर्ता लिने समझदारी तोलामा २ हजारले बढ्यो सुनको मूल्य डेडिकेटेड–ट्रङ्क लाइन बक्यौता असुली तत्काल अघि बढाउन अध्यक्ष घिसिङको आग्रह विश्वकप हेर्न हिँडेका एन्फा अध्यक्ष र महासचिवलाई अध्यागमनले विमानस्थलबाट फर्कायो सुरक्षित नेपालका लागि साझेदारी, ज्ञान र उत्थानशीलताको आवश्यकतामा जोड काठमाडौं महानगरपालिकाको १९ औं अधिवेशन यही जेठ ३१ गते हुने
तपाईं के खोज्दै हुनुहुन्छ ?

टी–२० विश्वकपका लागि अन्तिम टोली आजै घोषणा गर्ने भारतको तयारी



अ+ अ-

एजेन्सी । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) सचिव जय शाह र मुख्य चयनकर्ता अजित आगरकर टी–२० विश्वकप २०२४ छनोटका लागि अहमदाबाद पुगेका छन् ।

पीटीआईका अनुसार छनोटका लागि बैठक सुरु भएको छ । प्रतियोगिताका लागि भारतीय टोलीको घोषणा आज हुने सम्भावना अधिक छ । आईसीसीले विश्वकपका लागि टोली घोषणा गर्ने अन्तिम मिति मे १ सम्मलाई दिएको छ ।

सन् २०२४ को टी–२० विश्वकप अमेरिका र वेस्ट इन्डिजमा जुन २ देखि २९ सम्म खेलाइनेछ । भारतीय टोलीले ५ जुनमा आयरल्याण्डसँगको खेलबाट विश्वकपको सुरुवात गर्नेछ ।

टी–२० विश्वकपको यो ९औँ संस्करण हो । डिफेन्डिङ च्याम्पियन इंग्ल्याण्ड हो, यो टोलीले २०२२ मा पाकिस्तानलाई हराएर दोस्रो पटक उपाधि जितेको थियो । यसअघि सन् २०१० मा अष्ट्रेलियालाई हराउँदै टोलीले पहिलो पटक उपाधि जितेको थियो । वेस्ट इन्डिजले पनि २०१२ र २०१६ मा दुई पटक उपाधि जितेको छ । भारत, पाकिस्तान, अस्ट्रेलिया र श्रीलंकाले एक–एक पटक उपाधि जितेका छन् ।