२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
ट्राफिक नियम उल्लङ्घनमा २,३९२ चालक कारबाही, २४ घण्टामा २१ लाखभन्दा बढी राजस्व सङ्कलन बालेन्द्र सरकारमा सुधन गुरुङ पुनः गृहमन्त्री, आजै ३ बजे शपथग्रहण आगामी दशकलाई ‘आन्तरिक रोजगारी प्रवर्द्धन दशक’का रूपमा मनाउने श्रममन्त्री यादवको घोषणा एमाले पुनर्गठन कार्यदलको बैठक च्यासलमा सुरु, एक महिनाभित्र प्रतिवेदन बुझाइने पोखरा बसपार्क निर्माणका लागि महानगर र जग्गाधनीबीच सहमति, रिट फिर्ता लिने समझदारी तोलामा २ हजारले बढ्यो सुनको मूल्य डेडिकेटेड–ट्रङ्क लाइन बक्यौता असुली तत्काल अघि बढाउन अध्यक्ष घिसिङको आग्रह विश्वकप हेर्न हिँडेका एन्फा अध्यक्ष र महासचिवलाई अध्यागमनले विमानस्थलबाट फर्कायो सुरक्षित नेपालका लागि साझेदारी, ज्ञान र उत्थानशीलताको आवश्यकतामा जोड काठमाडौं महानगरपालिकाको १९ औं अधिवेशन यही जेठ ३१ गते हुने
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतीय पूर्व अलराउन्डरले दुखी हुँदै भने – रिंकु सिंहमाथि अन्याय भयो



अ+ अ-

एजेन्सी । टी–२० विश्वकपका लागि आज भारतीय टोलीको घोषणा गरिएको छ । बीसीसीआईले १५ खेलाडीको नाम अनुमोदन गरेको छ । केकेआरका विस्फोटक ब्याट्सम्यान रिंकु सिंह उत्कृष्ट फर्ममा छन् तर उनलाई मुख्य टोलीमा स्थान दिइएको छैन ।

उनलाई रिजर्भ खेलाडीको रुपमा टिममा राखिएको छ । मुख्य टोलीमा नपरेकोमा रिंकुका फ्यान निकै दुखी छन् ।

 

भारतीय पूर्व अलराउन्डर इरफान पठानले रिंकुलाई मुख्य टोलीमा समावेश नगरेकोमा चिन्ता व्यक्त गरेका छन् । उनले यो टोलीमा रिंकु सिंह हुनुपर्ने बताए । पठानले ट्विट गर्दै टिम छनोट गर्दा रिंकु सिंहको विगतको प्रदर्शनलाई ध्यानमा राख्नुपर्ने बताए ।

उनले एक्स (ट्वीटर)मा लेखेका छन्, ‘मलाई लाग्छ रिंकु सिंहको टीम इन्डियाका लागि हालैको प्रदर्शनलाई नजरअन्दाज गर्नु हुँदैनथ्यो ।’

टी–२० विश्वकप २०२४ का लागि भारतीय टोलीः रोहित शर्मा (कप्तान), हार्दिक पाण्ड्या (उपकप्तान), यशस्वी जैसवाल, विराट कोहली, सूर्यकुमार यादव, ऋषभ पन्त, सञ्जु सामसन, शिवम दुबे, रविन्द्र जडेजा, अक्षर पटेल, कुलदीप यादव, युजवेन्द्र चहल, अर्शदीप सिंह, जसप्रित बुमराह, मोहम्मद सिराज ।

रिजर्भ खेलाडीहरू – शुभमन गिल, खलील अहमद, रिंकु सिंह, आवेश खान ।