२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
ट्राफिक नियम उल्लङ्घनमा २,३९२ चालक कारबाही, २४ घण्टामा २१ लाखभन्दा बढी राजस्व सङ्कलन बालेन्द्र सरकारमा सुधन गुरुङ पुनः गृहमन्त्री, आजै ३ बजे शपथग्रहण आगामी दशकलाई ‘आन्तरिक रोजगारी प्रवर्द्धन दशक’का रूपमा मनाउने श्रममन्त्री यादवको घोषणा एमाले पुनर्गठन कार्यदलको बैठक च्यासलमा सुरु, एक महिनाभित्र प्रतिवेदन बुझाइने पोखरा बसपार्क निर्माणका लागि महानगर र जग्गाधनीबीच सहमति, रिट फिर्ता लिने समझदारी तोलामा २ हजारले बढ्यो सुनको मूल्य डेडिकेटेड–ट्रङ्क लाइन बक्यौता असुली तत्काल अघि बढाउन अध्यक्ष घिसिङको आग्रह विश्वकप हेर्न हिँडेका एन्फा अध्यक्ष र महासचिवलाई अध्यागमनले विमानस्थलबाट फर्कायो सुरक्षित नेपालका लागि साझेदारी, ज्ञान र उत्थानशीलताको आवश्यकतामा जोड काठमाडौं महानगरपालिकाको १९ औं अधिवेशन यही जेठ ३१ गते हुने
तपाईं के खोज्दै हुनुहुन्छ ?

लखनउले मुम्बईलाई ४ विकेटले हरायो



अ+ अ-

काठमाडौँ । आईपीएल–२०२४ को ४८ औँ खेलमा लखनउ सुपर जायन्ट्सले मुम्बई इन्डियन्सलाई ४ विकेटले पराजित गरेको छ । चालू सिजनमा यी दुईबीच पहिलो पटक खेल भएको हो ।

एलएसजीको यो सिजनको छैटौं जित हो । टोली १२ अंकसहित अंक तालिकाको तेस्रो स्थानमा छ । अर्कोतर्फ एमआईले लगातार तेस्रो खेलमा हार बेहोरेको छ ।

लखनउको भारत रत्न श्री अटल बिहारी वाजपेयी स्टेडियममा भएको खेलमा एलएसजीले टस जितेर बलिङ रोजेको थियो । मुम्बईले २० ओभरमा ७ विकेट गुमाएर १४४ रन बनाएको थियो । जवाफमा लखनउले १९.२ ओभरमा ६ विकेट गुमाएर लक्ष्य पूरा गर्यो ।

मार्कस स्टोइनिसले ४५ बलमा ६२ रनको इनिङ खेले भने कप्तान केएल राहुलले २८ रनको योगदान दिए । मुम्बईका लागि कप्तान हार्दिक पाण्ड्याले २ विकेट लिए । खेलको प्लेयर अफ द म्याच पनि स्टोइनिस भए ।

एमआईका लागि नेहल वढेराले ४६, टिम डेभिडले ३५ र इशान किशनले ३२ रन बनाए । लखनउका मोहसिन खानले २ विकेट लिए । मयंक यादव, नवीन उल हक, रवि बिश्नोई र मार्कस स्टोइनिसले एक–एक विकेट लिए ।