२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
सरकारले सुशासनका राम्रा अभ्यास गरेको छः यादव रास्वपा मधेश प्रदेश अधिवेशनका सम्पूर्ण गतिविधि अर्को सूचना नआएसम्म स्थगित प्रतिनिधिसभा बैठक सुरू, विपक्षी दलको अवरोध कायमै करकाे दर हेरफेर विवादमा सरकारद्धारा अर्थमन्त्रीको बचाउ, मेहनत गरेर बजेट ल्याएकाे दाबी विपक्षीसँग प्रधानमन्त्रीलाई सोध्ने प्रश्न नै रहेनछन्ः प्रवक्ता पोखरेल रास्वपा बागमती प्रदेश अधिवेशन हेटौँडामा सुरु, नयाँ नेतृत्व चयन हुँदै महावीर पुन विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री बन्दै सुधन गुरुङमाथिको छानबिन प्रतिवेदन सरकारले गर्‍यो ग्रहण सरकारद्वारा चार जलविद्युत आयोजनालाई राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न स्वीकृति कार्यसम्पादनमा देखिएका समस्या तत्काल समाधान गर्न सञ्चारमन्त्रीको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

यी भारतीय युवा खेलाडीहरुको भाग्य खुल्यो, पहिलो पटक टी–२० विश्वकप खेल्दै



अ+ अ-

एजेन्सी । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई)ले मंगलबार टी–२० विश्वकप २०२४ का लागि भारतीय टोलीको घोषणा गरेको छ । भारतीय टोलीको कप्तान रोहित शर्मा र उपकप्तान हार्दिक पाण्ड्यालाई दिइएको छ ।

बीसीसीआईले पहिलो पटक धेरै भारतीय युवालाई अवसर दिएको छ । टोलीमा धेरै खेलाडी छन् जो पहिलो पटक टी–२० विश्वकप खेल्दैछन् ।

१. यशस्वी जैसवाल
यस सूचीमा पहिलो स्थानमा लामो समयदेखि उत्कृष्ट लयमा रहेका टीम इन्डियाका ओपनर यशस्वी जैसवालको नाम छ । यशस्वी आईपीएल २०२४ मा राजस्थान रोयल्सबाट खेल्दैछन् । यशस्वीले २०२४ को टी–२० विश्वकपका लागि भारतीय टोलीमा मौका पाएका छन् । उनी पहिलो पटक टी–२० विश्वकप खेल्दैछन् ।

२.सञ्जु सामसन
सन्जु सामसनको नाम सूचीमा दोस्रो स्थानमा छ, जसलाई आईपीएल २०२४ मा आफ्नो दमदार प्रदर्शनको लागि छनोट गरिएको छ । आफ्नो कप्तानीमा राजस्थान टोलीका लागि धेरै खेल जितेका सञ्जुको ब्याटबाट जारी आईपीएलमा रन बनिरहेको छ । चालू सिजनमा सञ्जुले ३७८ रन बनाएर उत्कृष्ट प्रदर्शनका कारण भारतीय टिममा छनोट भएका हुन् । सञ्जु सामसनले आफ्नो कडा मेहनतको फल पाएका छन् र उनी पहिलो पटक टी–२० विश्वकप खेल्दै देखिनेछन् ।

३. शिवम दुबे
शिवम दुबेको नाम सूचीमा तेस्रो स्थानमा छ, जसले आईपीएल २०२४ मा सीएसकेका लागि ब्याटिङ गर्दै छन् । शिवम दुबेले आईपीएल २०२४ मा अहिलेसम्म ३५० रन बनाएका छन् । शिवम पहिलो पटक टी–२० विश्वकप खेल्दैछन् ।

४. युजवेन्द्र चहल
सूचीको चौथो नम्बरमा युजवेन्द्र चहलको नाम छ, जसले २०२२ को टी–२० विश्वकपका लागि भारतीय टोलीमा स्थान पाएका थिए, तर एकपटक पनि खेल खेल्ने मौका पाएनन्, तर यसपटक भने उनी उत्कृष्ट लयमा छन् । उनको बलियो प्रदर्शनका कारण उनले २०२४ को टी–२० विश्वकपको लागि भारतको टोलीमा स्थान पाएका छन् ।

५. मोहम्मद सिराज
भारतीय टिममा मोहम्मद सिराजले स्थान पाएका छन् । सिराजले २०२१ र २०२२ को टी–२० विश्वकपमा भने स्थान पाउन सकेनन् तर यसपटक उनले चयनकर्ताको ध्यान खिचे र २०२४ को टी–२० विश्वकपका लागि भारतीय टोलीमा स्थान पाए ।

६. कुलदीप यादव
सूचीको छैटौं नम्बरमा कुलदीप यादवको नाम छ, जसले २०२४ को टी–२० विश्वकपमा स्थान पाएका छन् र उनी पहिलो पटक टी–२० विश्वकप खेल्दैछन् ।