२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
न्युजिल्याण्डले ऊर्जा सुरक्षा मजबुत बनाउन ‘एलएनजी’ सुविधा अघि बढाउने श्रीलङ्कामा तीन दिने डेङ्गु नियन्त्रण कार्यक्रम सुरु, पहिलो दिनमै व्यापक निरीक्षण मध्यपूर्व तनाव घट्ने सङ्केतसँगै लगानीकर्तामा उत्साह वसन्त ऋतुको हिमाल आरोहण मैझारो, एक अर्ब २६ करोड राजस्व संकलन शैय्या सङ्ख्याअनुसार शुल्क नतिर्ने स्वास्थ्य संस्था कारबाहीमा अदालतको लेटरप्याड र न्यायाधीशकै दस्तखत किर्ते गरेपछि… कामपा नगरसभाको १९औँ अधिवेशन आगामी ३१ मा पोखरा–भरतपुर–लुम्बिनीबीच पर्यटन प्रवर्द्धनका लागि ‘सिल्भर ट्रयाङ्गल’ समझदारी योग्य, सक्षम इमान्दारी नेतृत्व आवश्यक छ: महामन्त्री बुर्लाकोटी पशुपतिनाथ मन्दिर क्षेत्रमा सिक्री लुटपाट गर्ने पाँच भारतीय पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

विश्वका नेपालीभाषीहरूलाई नेपालसँग जोड्न आग्रह



अ+ अ-

काठमाडौँ । उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले विश्वका विभिन्न मुलुकमा छरिएर रहेका नेपालीमूलका नागरिकलाई कुनै न कुनै रूपमा नेपालसँग जोड्नुपर्ने बताउनुभएको छ ।

एशोसिएसन अफ नेपाली ओरिजिन (एएनओ)का प्रतिनिधिमण्डलसँग मङ्गलबार मन्त्रालयमा भएको भेटमा उहाँले नेपाली भाषा, संस्कृति या कुन माध्यमबाट हुन्छ संसारका नेपालीभाषीहरूलाई नेपालसँग जोड्नुपर्ने बताउनुभएको हो ।

यसबाट एकपटकको नेपाली, सधैँको नेपाली भन्ने मान्यता पनि स्थापित हुन जाने मन्त्री श्रेष्ठले उल्लेख गर्नुभयो । उहाँले राजनीतिभन्दा माथि उठेर एएनओले अन्य संस्थासँग समेत सहकार्य गरी नेपाली भाषा, संस्कार, सभ्यता र नेपाली परम्परामार्फत नेपालीभाषीहरूलाई एकीकृत गर्न सुझाव दिनुभएको एएनओका महासचिव चुडामणि भट्टराईले जानकारी दिनुभयो ।

भेटका अवसरमा एएनओका अध्यक्ष डिल्ली अधिकारीले आफूहरूले नेपाली भाषा, कला र संस्कृतिमार्फत भावी पुस्तालाई पनि नेपालसँग जोड्दै नेपालीपनको जगेर्ना गर्ने उद्देश्यले यो अभियान सुरु गरेको जानकारी दिनुभयो ।

प्रवासमा रहेका नेपालीभाषी लगानीकर्तालाई नेपालमै आई लगानी गर्न र आफ्ना पुर्खाको पहिचान जोडिएको माटोमा केही गर्न प्रेरित गरिरहेको जानकारी दिनुभयो ।

भेटमा अध्यक्ष अधिकारीसहित महासचिव भट्टराई, सचिव चिरनजङ्ग थापा र संस्थापक सदस्यहरू बाबुकृष्ण कार्की, केबी कार्की, ओम गुरुङ सहभागी हनुहुन्थ्यो ।

विश्वका विभिन्न देशमा बसोबास गरिरहेका नेपालीभाषीहरूको थाइल्याण्डको बैङ्ककमा गत चैतमा सम्पन्न भेलाले नेपाली जाति र नेपालीभाषीहरूलाई एकीकृत गरी नेपाली भाषा र संस्कृतिको संरक्षण गर्न एएनओ गठन गरेको थियो । रासस