२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
सरकारले सुशासनका राम्रा अभ्यास गरेको छः यादव रास्वपा मधेश प्रदेश अधिवेशनका सम्पूर्ण गतिविधि अर्को सूचना नआएसम्म स्थगित प्रतिनिधिसभा बैठक सुरू, विपक्षी दलको अवरोध कायमै करकाे दर हेरफेर विवादमा सरकारद्धारा अर्थमन्त्रीको बचाउ, मेहनत गरेर बजेट ल्याएकाे दाबी विपक्षीसँग प्रधानमन्त्रीलाई सोध्ने प्रश्न नै रहेनछन्ः प्रवक्ता पोखरेल रास्वपा बागमती प्रदेश अधिवेशन हेटौँडामा सुरु, नयाँ नेतृत्व चयन हुँदै महावीर पुन विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री बन्दै सुधन गुरुङमाथिको छानबिन प्रतिवेदन सरकारले गर्‍यो ग्रहण सरकारद्वारा चार जलविद्युत आयोजनालाई राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न स्वीकृति कार्यसम्पादनमा देखिएका समस्या तत्काल समाधान गर्न सञ्चारमन्त्रीको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

वेस्ट इन्डिज ‘ए’ ले नेपाललाई दियो २१० रनको लक्ष्य



अ+ अ-

काठमाडौँ । पाँच खेलको टी–२० सिरिज अन्तर्गत चौंथो खेलमा वेस्ट इन्डिज ‘ए’ले नेपाललाई २१० रनको लक्ष्य दिएको छ ।

टस जितेर ब्याटिङ थालेको वेस्ट इन्डिज ए ले २० ओभरमा ३ विकेटको क्षतिमा २०९ रन जोडेको हो ।

उसका लागि आन्द्रे फ्लेचरले ८४ रनको योगदान दिए । ५४ बल खेल्दै ८४ रनमा अविजित रहेका उनले ९ चौका र ४ छक्का हिर्काए । यस्तै, जोनसन चाल्र्सले ३० बलमा ५८ रन जोडे ।

फाबियन एलेन १९ बलमा ३३ रनसहित अविजित रहे । बलिङतर्फ नेपालका कुशल भुर्तेलले ४ ओभरमा २३ रन खर्चेर २ विकेट लिए । यस्तै, प्रतिश जिसिले ४ ओभरमा ४३ रन खर्चेर १ विकेट लिए ।

वेस्ट इन्डिज ए ले २५ रन त अतिरिक्त नै पायो । नेपाली बलर महँगो सावित भए ।