२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
‘सिएमसी’मा दुर्लभ मानिने मस्तिष्कको नसाको शल्यक्रिया सम्पन्न ११ बजे मन्त्रिपरिषद् बैठक बस्दै ट्रकमा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, एक घाइते नाम्खा गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता घोषणा हुथीद्वारा इजरायलमा क्षेप्यास्त्र प्रहार, लाल सागरमा इजरायली जहाज सञ्चालनमा पूर्ण प्रतिवन्धको घोषणा ओमानको खाडीमा इरानतर्फ जाँदै गरेको तेल ट्याङ्कर अमेरिकी सेनाद्वारा निष्क्रिय दक्षिणी गाजामा इजरायली हवाई आक्रमण, ५ प्यालेस्टिनीको मृत्यु, १० भन्दा बढी घाइते फिलिपिन्समा शक्तिशाली भूकम्पपछि जारी सुनामी चेतावनी इण्डोनेसियाले फिर्ता लियो इरानी पेट्रोकेमिकल उद्योगमाथि आक्रमणको बदलामा इजरायली शहर हाइफामा इरानद्वारा क्षेप्यास्त्र प्रहार यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

म्याक्सवेलमाथि भारतीय क्रिकेटरको आरोप – आईपीएल इतिहासमा सबैभन्दा ‘अहंकारी’ खेलाडी



अ+ अ-

एजेन्सी । भारतीय टोलीका पूर्व विकेटकिपर ब्याट्सम्यान पार्थिव पटेलले ग्लेन म्याक्सवेललाई आईपीएलको इतिहासकै सबैभन्दा अहंकारी खेलाडी भन्दै सनसनी मच्चाएका छन् ।

हालको सिजनमा ब्याटिङमा ग्लेन म्याक्सवेलको प्रदर्शन राम्रो रहेको छैन । शनिबार गुजरात टाइटन्सविरुद्धको खेलमा उनी ४ रन मात्र बनाएर आउट भएका थिए ।

म्याक्सवेलले मध्य सिजनमा मानसिक स्वास्थ्य ब्रेक पनि लिए । अष्ट्रेलियाका अलराउन्डर आईपीएल २०२४ मा ब्याटको साथ संघर्ष गरिरहेको देखिन्छन् । दायाँ हाते ब्याट्सम्यानले अहिलेसम्म ८ खेल खेलेका छन् र जम्मा ३६ रन बनाएका छन् । गुजरात विरुद्ध म्याक्सवेलको प्रदर्शनबाट पार्थिव पटेल आक्रोशित देखिए ।

पटेलले ट्वीट गरे, ‘ग्लेन म्याक्सवेल… आईपीएल इतिहासमा सबैभन्दा अहंकारी खेलाडी हुन् ।’ पार्थिव पटेलको पोस्टमा फ्यानहरूबाट मिश्रित प्रतिक्रियाहरू देखिएका छन् । केहीले पार्थिव पटेलको समर्थन गर्दै म्याक्सवेलको आलोचना गरे भने केहीले ग्लेन म्याक्सवेलको समर्थन गरे ।

म्याक्सवेलको प्रदर्शनलाई हेर्दा हालको सिजनमा उनको प्रदर्शन निकै खराब रहेको छ । ग्लेन म्याक्सवेलले अहिलेसम्म ८ खेलमा ५.१४ को औसत र ९७.२९ को स्ट्राइक रेटमा ३६ रन बनाएका छन् । उनले बलिङमा पनि राम्रो प्रदर्शन गर्न सकेनन् र ८ खेलमा ५ विकेट लिएका छन् । आरसीबीले आफ्नो अर्को खेल बिहीबार पञ्जाब किंग्ससँग धर्मशालामा खेल्नेछ ।