२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
बालेन्द्र सरकारमा सुधन गुरुङ पुनः गृहमन्त्री, आजै शपथग्रहण आगामी दशकलाई ‘आन्तरिक रोजगारी प्रवर्द्धन दशक’का रूपमा मनाउने श्रममन्त्री यादवको घोषणा एमाले पुनर्गठन कार्यदलको बैठक च्यासलमा सुरु, एक महिनाभित्र प्रतिवेदन बुझाइने पोखरा बसपार्क निर्माणका लागि महानगर र जग्गाधनीबीच सहमति, रिट फिर्ता लिने समझदारी तोलामा २ हजारले बढ्यो सुनको मूल्य डेडिकेटेड–ट्रङ्क लाइन बक्यौता असुली तत्काल अघि बढाउन अध्यक्ष घिसिङको आग्रह विश्वकप हेर्न हिँडेका एन्फा अध्यक्ष र महासचिवलाई अध्यागमनले विमानस्थलबाट फर्कायो सुरक्षित नेपालका लागि साझेदारी, ज्ञान र उत्थानशीलताको आवश्यकतामा जोड काठमाडौं महानगरपालिकाको १९ औं अधिवेशन यही जेठ ३१ गते हुने ‘होमस्टे’ले बदलिँदै थारू महिलाको जीवनशैली
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालमा टेबल टेनिसको ओलम्पिक छनोट हुँदै



अ+ अ-

काठमाडौँ । पेरिस ओलम्पिक २०२४ का लागि टेबल टेनिसको दक्षिण एशियाली छनोट नेपालमा हुने भएको छ ।

आगामी जुलाइदेखि फ्रान्सेली शहरमा ३३ औं गृष्मकालीन ओलम्पिक हुँदैछ । त्यसका लागि अधिकांश खेलको छनोट चरण चलिरहेको छ । टेबल टेनिसको लागि दक्षिण एशियाली छनोट प्रतियोगिता भने नेपालमा आगामी मे १३ देखि २५ सम्म हुने भएको हो । यसै छनोट प्रतियोगितामा भारत र भुटानबाहेक दक्षिण एसियाली राष्ट्र नेपाल, बंगलादेश, माल्दिभ्स, पाकिस्तान र श्रीलंकाका खेलाडीले प्रतिष्पर्धा गर्ने भएका छन् ।

आयोजक अखिल नेपाल टेबल टेनिस संघका अनुसार विश्व वरीयताको शिर्ष आठमा भएकाले भारत छनोटमा सहभागी नहुने भएको हो । प्रतियोगिता संयोजक तेजेन्द्र सिंहका अनुसार प्रतियोगिता नकआउट पद्धतिमा हुनेछ ।

छनोट प्रतियोगितामा हरेक देशबाट समान दुई पुरुष र महिलाले प्रतिष्पर्धा गर्नेछन् । नेपालबाट संयोग कपाली, स्यान्टु श्रेष्ठ, नविता श्रेष्ठ र इभाना थापाले चुनौती प्रस्तुत गर्नेछन् । दक्षिण एसियाली छनोटबाट समान एक पुरुष र महिला खेलाडीले फ्रान्सको पेरिसमा हुने ओलम्पिक खेल्न पाउने संघले जनाएको छ । नेपालले पहिलोपटक टेबल टेनिसको ओलम्पिक छनोट आयोजना गर्न लागेको हो । यो छनोट प्रतियोगिता लैनचौरस्थित राष्ट्रिय टेबल टेनिस प्रशिक्षण केन्द्रमा हुँदैछ । प्रतियोगिताका लागि करिब १० लाख रुपैयाँ खर्च हुने आयोजकले जनाएको छ ।

टेबल टेनिसका मुख्य प्रशिक्षक राजेन्द्र कपालीले भारतको सहभागिता नहुँदा नेपाललाई फाइदा पुग्ने विश्वास व्यक्त गरे । उनका अनुसार भारत नहुन ओलम्पिकमा छनोट हुने सबैभन्दा ठूलो अवसर पनि हो । साथै प्रशिक्षक कपालीले नेपालका चारै खेलाडी दाबेदार रहेको पनि दाबी गरेका छन् । तर, उनले श्रीलंकासँग भने कडा प्रतिस्पर्धा हुने पनि बताए । हाल अस्ट्रेलियामा रहेका स्यान्टु केही दिनमा नेपाल आइपुग्ने कपालीले उल्लेख गरेका छन् । नेपालबाट अहिलेसम्मका दुई खेलाडीले मात्र छनोट चरण पार गरेर ओलम्पिक खेलेका थिए ।

यसअघि तेक्वान्दोका संगीना वैद्य र दीपक बिष्टले यो सफलता पाएका थिए । हालै मात्र पारा तेक्वान्दोकै पलेशा गोवर्धन पनि छनोट चरण पार गर्दै ओलम्पिक खेल्दैछिन् । यो अवसर नेपालका टेबल टेनिस खेलाडीका लागि प्राप्त भएको छ । छनोट प्रतियोगिता सञ्चालनका लागि भने भारतबाट प्राविधिक आउने भएका छन् ।