२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
‘सिएमसी’मा दुर्लभ मानिने मस्तिष्कको नसाको शल्यक्रिया सम्पन्न ११ बजे मन्त्रिपरिषद् बैठक बस्दै ट्रकमा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, एक घाइते नाम्खा गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता घोषणा हुथीद्वारा इजरायलमा क्षेप्यास्त्र प्रहार, लाल सागरमा इजरायली जहाज सञ्चालनमा पूर्ण प्रतिवन्धको घोषणा ओमानको खाडीमा इरानतर्फ जाँदै गरेको तेल ट्याङ्कर अमेरिकी सेनाद्वारा निष्क्रिय दक्षिणी गाजामा इजरायली हवाई आक्रमण, ५ प्यालेस्टिनीको मृत्यु, १० भन्दा बढी घाइते फिलिपिन्समा शक्तिशाली भूकम्पपछि जारी सुनामी चेतावनी इण्डोनेसियाले फिर्ता लियो इरानी पेट्रोकेमिकल उद्योगमाथि आक्रमणको बदलामा इजरायली शहर हाइफामा इरानद्वारा क्षेप्यास्त्र प्रहार यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

राजस्थानले ९ वर्षसम्म दिल्लीमा जित्न सकेको छैन, आज के गर्ला ?



अ+ अ-

एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२४ को ५६ औं खेलमा आज दिल्ली क्यापिटल्सले राजस्थान रोयल्सको सामना गर्दैछ ।

खेल साँझ ७ः४५ बजेदेखि दिल्लीको घरेलु मैदान अरुण जेटली स्टेडियममा हुनेछ । यो सिजन दुई टोलीबीचको दोस्रो खेल हुनेछ । पछिल्लो खेलमा राजस्थान १२ रनले विजयी भएको थियो ।

आज यो सिजन आरआरको ११ औं खेल हुनेछ । टोली १० मध्ये ८ जित र २ हारमा १६ अंकसहित अंक तालिकाको दोस्रो स्थानमा छ । अर्कोतर्फ, दिल्लीले सिजनमा १२ औं खेल खेल्नेछ । ११ मध्ये ५ जित र ६ पराजयपछि १० अंकसहित दिल्ली छैटौं स्थानमा छ ।

आईपीएलमा हालसम्म राजस्थान र दिल्लीबीच २८ खेल भएका छन् । दिल्लीले १३ र राजस्थानले १५ मा जित हासिल गरेको छ । दिल्लीको घरेलु मैदान अरुण जेटली स्टेडियममा यी दुई टोलीबीच अहिलेसम्म ८ वटा खेल भइसकेका छन् ।

डीसीले ५ र आरआरले ३ खेल जितेको छ । दुवै टोलीले पछिल्लो पटक २०१९ मा यहाँ भेटेका थिए । त्यसमा दिल्लीले जितेको थियो । राजस्थानले पछिल्लो पटक २०१५ मा यहाँ खेल जितेको थियो । त्यसपछि दुई खेल खेले र दुवै खेल दिल्लीले जित्यो ।

दिल्लीमा ऋषभ पन्तका अलावा ट्रिस्टन स्टब्स र ज्याक फ्रेजर–मगार्च पनि फर्ममा छन् । तीनै जनाले २५० भन्दा बढी रन बनाएका छन् । पन्त ३९८ रन बनाएर टिमका सर्वाधिक स्कोरर बनेका छन् । बलिङमा मुकेश कुमार १३ विकेटसहित शीर्ष स्थानमा छन् ।

राजस्थानका तर्फबाट चौथो नम्बरमा ब्याटिङ गरेका रियान पराग सर्वाधिक स्कोरर हुन् । उनले १० खेलमा ४०९ रन बनाएका छन् । जसमा ४ अर्धशतक समावेश छ । टिमका लागि स्पिनर युजभेन्द्र चहलले सर्वाधिक १३ विकेट लिएका छन् ।