२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
दक्षिणी गाजामा इजरायली हवाई आक्रमण, ५ प्यालेस्टिनीको मृत्यु, १० भन्दा बढी घाइते फिलिपिन्समा शक्तिशाली भूकम्पपछि जारी सुनामी चेतावनी इण्डोनेसियाले फिर्ता लियो इरानी पेट्रोकेमिकल उद्योगमाथि आक्रमणको बदलामा इजरायली शहर हाइफामा इरानद्वारा क्षेप्यास्त्र प्रहार यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य ‘बर्डफ्लु’ नियन्त्रणका लागि ‘द्रुत कार्य टोली’ परिचालन नियमविपरीत निर्माण गरिएका संरचना हटाउन आग्रह यस्ता छन् औद्योगिक क्षेत्रको भाडा नतिर्ने उद्योगहरू तनहुँका स्थानीय तहलाई सङ्घीय सरकारबाट चार अर्ब अनुदान मुस्ताङ भन्सारबाट छ अर्ब ६६ करोड बढी राजस्व संकलन प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची
तपाईं के खोज्दै हुनुहुन्छ ?

आईपीएलका कारण टी–२० विश्वकपका लागि भारतीय टोली दुई समूहमा अमेरिका जाने



अ+ अ-

एजेन्सी । भारतीय टोली टी–२० विश्वकपका लागि दुई समूहमा बिदा हुनेछ । पहिलो समूहमा आईपीएल प्लेअफमा नपुगेका खेलाडीहरू समावेश हुनेछन् भने दोस्रो समूहले २६ मेमा आईपीएल फाइनलपछि तुरुन्तै छाड्नेछ ।

टी–२० विश्वकप २०२४ जुन २ बाट सुरु हुँदैछ । मुम्बई इन्डियन्स र पञ्जाब किंग्सका टोली प्लेअफको दौडबाट बाहिरिएका छन् र कप्तान रोहित शर्मा, उपकप्तान हार्दिक पाण्ड्या र जसप्रित बुमराह र सूर्यकुमार यादव र अर्शदीप सिंह मे २४ मा विश्वकपका लागि प्रस्थान गर्नेछन् ।

गुजरात टाइटन्सका कप्तान शुभमन गिल पनि रिजर्भ खेलाडीमा परेका छन् र उनी पनि पहिलो समूहमा पर्न सक्नेछन् । त्यस्तै आरसीबी पनि प्लेअफमा पुग्न सकेन भने विराट कोहली र मोहम्मद सिराज पनि २४ तारिखमा बाहिरिनेछन् ।

राजस्थान रोयल्स र केकेआर प्लेअफमा पुग्ने पक्का छन् । यस्तो अवस्थामा दोस्रो समूहमा सञ्जु सामसन, युजवेन्द्र चहल, आवेश खान, रिंकु सिंह २६ पछि छाड्नेछन् । विश्वकपमा भारतीय टोलीले आयरल्याण्डविरुद्ध खेल्दै आफ्नो अभियान सुरु गर्नेछ । यसपछि मे ९ मा न्युयोर्कमा भारतले कट्टर प्रतिद्वन्द्वी पाकिस्तानसँग खेल्नेछ ।