२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
रुपन्देहीमा भन्सार छलीका कुखुरा र विभिन्न सामानसहित ४ लाखभन्दा बढीको मालसामान बरामद ‘सिएमसी’मा दुर्लभ मानिने मस्तिष्कको नसाको शल्यक्रिया सम्पन्न ११ बजे मन्त्रिपरिषद् बैठक बस्दै ट्रकमा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, एक घाइते नाम्खा गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता घोषणा हुथीद्वारा इजरायलमा क्षेप्यास्त्र प्रहार, लाल सागरमा इजरायली जहाज सञ्चालनमा पूर्ण प्रतिवन्धको घोषणा ओमानको खाडीमा इरानतर्फ जाँदै गरेको तेल ट्याङ्कर अमेरिकी सेनाद्वारा निष्क्रिय दक्षिणी गाजामा इजरायली हवाई आक्रमण, ५ प्यालेस्टिनीको मृत्यु, १० भन्दा बढी घाइते फिलिपिन्समा शक्तिशाली भूकम्पपछि जारी सुनामी चेतावनी इण्डोनेसियाले फिर्ता लियो इरानी पेट्रोकेमिकल उद्योगमाथि आक्रमणको बदलामा इजरायली शहर हाइफामा इरानद्वारा क्षेप्यास्त्र प्रहार
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुनील नारायणले राखे लाजमर्दो कीर्तिमान



अ+ अ-

एजेन्सी । कोलकाता नाइट राइडर्सका स्टार ओपनर सुनिल नारायण शनिबार जसप्रित बुमराहको बलिङको शिकार भए ।

आईपीएल २०२४ को ६० औं खेल कोलकाता नाइट राइडर्स र मुम्बई इन्डियन्सबीच इडेन गार्डेनमा खेलिएको थियो, जुन वर्षाका कारण ढिलो सुरु भएको थियो । दुवै टोलीले १६ ओभर खेल खेले ।

खेलमा आफ्नो पहिलो ओभर बलिङ गर्न आएका जसप्रित बुमराहले पहिलो बलमै इनस्विङ योर्कर प्रहार गरे, जसलाई नारायणले बललाई बुझ्न सकेनन् र बल सिधै स्टम्पमा गयो । उनी क्लिन बोल्ड भएर निराश हुँदै प्याभिलियन फर्किए । सुनिल नारायण खाता नखोलेर आउट हुँदा उनको नाममा लज्जास्पद कीर्तिमान पनि दर्ता भयो ।

आईपीएलमा यो १६ औं पटक हो, जब सुनिल नारायण खाता नखोलेर प्याभिलियन फर्किएका थिए । टी–२० क्रिकेटमा सुनिल नारायणले सर्वाधिक पटक शून्यमा आउट हुने कीर्तिमान कायम गरेका छन् । नारायण टी–२० क्रिकेटमा ४४ औँ पटक खाता खोलेर आउट भएका छन् ।

उनले इंग्ल्याण्डका ब्याट्सम्यान एलेक्स हेल्सको कीर्तिमान तोडे, जसले खाता नखोली ४३ पटक आउट भएका थिए ।

अफगानिस्तानका लेग स्पिनर राशिद खान टी–२० क्रिकेटमा ४० भन्दा बढी पटक शून्यमा आउट भएका खेलाडीको सूचीमा तेस्रो स्थानमा छन् । राशिद खान टी–२० क्रिकेटमा ४२ पटक शून्य रनमा आउट भएका थिए । आईपीएलमा मुम्बई इन्डियन्सविरुद्ध नारायण तेस्रो पटक शून्य रनमा आउट भए ।