२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
दक्षिणी गाजामा इजरायली हवाई आक्रमण, ५ प्यालेस्टिनीको मृत्यु, १० भन्दा बढी घाइते फिलिपिन्समा शक्तिशाली भूकम्पपछि जारी सुनामी चेतावनी इण्डोनेसियाले फिर्ता लियो इरानी पेट्रोकेमिकल उद्योगमाथि आक्रमणको बदलामा इजरायली शहर हाइफामा इरानद्वारा क्षेप्यास्त्र प्रहार यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य ‘बर्डफ्लु’ नियन्त्रणका लागि ‘द्रुत कार्य टोली’ परिचालन नियमविपरीत निर्माण गरिएका संरचना हटाउन आग्रह यस्ता छन् औद्योगिक क्षेत्रको भाडा नतिर्ने उद्योगहरू तनहुँका स्थानीय तहलाई सङ्घीय सरकारबाट चार अर्ब अनुदान मुस्ताङ भन्सारबाट छ अर्ब ६६ करोड बढी राजस्व संकलन प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची
तपाईं के खोज्दै हुनुहुन्छ ?

अल हिलाल साउदी प्रो लिग च्याम्पियन



अ+ अ-

काठमाडौँ । साउदी प्रो लिगको उपाधि अल हिलालले जितेको छ ।

गएराति भएको खेलमा अल हिलालले अल हाजमलाई ४–१ गोल अन्तरले हराउँदै यो सिजनको उपाधि पक्का गरेको हो ।

१९ औँ लिग उपाधि जित्न सफल अल हिलाल तीन खेल अगाबै च्याम्पियन बनेको हो । अल हिलालको जितमा अलेक्जाण्डर मित्रोभिचले दुई तथो सेर्गेज मिलिन्कोभिकले एक गोल गरे ।

उसले एक गोल भने आत्मघाती गोल उपहार थियो । साउदी प्रो लिगमा विजेता अल हिलालले यो सिजन ब्राजिलका चर्चित स्टार खेलाडी नेयमारलाई भित्राएको थियो ।

पोर्चुगिज स्टार खेलाडी क्रिस्टियानो रोनाल्डो भने यसपटक पनि उपाधि जित्नबाट बन्चित भए ।