२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
दक्षिणी गाजामा इजरायली हवाई आक्रमण, ५ प्यालेस्टिनीको मृत्यु, १० भन्दा बढी घाइते फिलिपिन्समा शक्तिशाली भूकम्पपछि जारी सुनामी चेतावनी इण्डोनेसियाले फिर्ता लियो इरानी पेट्रोकेमिकल उद्योगमाथि आक्रमणको बदलामा इजरायली शहर हाइफामा इरानद्वारा क्षेप्यास्त्र प्रहार यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य ‘बर्डफ्लु’ नियन्त्रणका लागि ‘द्रुत कार्य टोली’ परिचालन नियमविपरीत निर्माण गरिएका संरचना हटाउन आग्रह यस्ता छन् औद्योगिक क्षेत्रको भाडा नतिर्ने उद्योगहरू तनहुँका स्थानीय तहलाई सङ्घीय सरकारबाट चार अर्ब अनुदान मुस्ताङ भन्सारबाट छ अर्ब ६६ करोड बढी राजस्व संकलन प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल र युएईबीचको खेल पनि घरेलु मैदानमा नहुने



अ+ अ-

काठमाडौँ । फिफा विश्वकप २०२६ तथा एसियन कप २०२७ को संयुक्त छनोट अन्तर्गत नेपाल र युएईबीचको खेल दशरथ रंगशालामा नहुने भएको छ । समूह बी मा रहेको नेपालले आगामी जेठ २४ गते घरेलु मैदान (दशरथ रंगशाला)मा युएईसँग खेल्ने तालिका छ ।

तर, एसियाली फुटबल महासंघ (एएफसी)ले दशरथ रंगशालाको मैदानमाथि प्रश्न उठाएपछि घरेलु मैदानमा खेल नहुने भएको हो । एएफसीका प्रतिनिधिले केही समयअघि काठमाडौं आएर दशरथ रंगशालाको निरीक्षण गरेका थिए ।

निरिक्षणको क्रममा मैदानको पिचको कन्डिसन, फ्लडलाइट र सुरक्षा व्यवस्थाबारे जिज्ञासा राखिएको थियो । यसअघि पनि मैदानकै अवस्थाका कारण ८ चैतमा बहराइनविरुद्ध घरेलु मैदानमा हुनुपर्ने खेल पनि नेपालले बहराइनमै गएर उसैको मैदानमा खेलेको थियो ।

रंगशाला एएफसीको मापदण्ड अनुसार नपाइएपछि एएफसीले एन्फालाई न्युट्रल भेन्यू खोज्न भनेको छ ।