२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
नियमविपरीत निर्माण गरिएका संरचना हटाउन आग्रह यस्ता छन् औद्योगिक क्षेत्रको भाडा नतिर्ने उद्योगहरू तनहुँका स्थानीय तहलाई सङ्घीय सरकारबाट चार अर्ब अनुदान मुस्ताङ भन्सारबाट छ अर्ब ६६ करोड बढी राजस्व संकलन प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची एक सय ८० मेगावाट क्षमताको कालीगण्डकी गर्ज जलविद्युत् आयोजना निर्माण सुरु मुस्ताङ घुमेर फर्कंदै गरेको म्याग्दी ‘ब्रेक’ फेल हुँदा ५ पर्यटक घाइते दिनभरि चर्को गर्मी राति दिनहुँ वर्षा सौर्य ऊर्जाले उज्यालियो खयरकन्द्रा होमस्टे, पर्यटक सेवामा सुधार ‘आइपिएम’ पद्धतितर्फ आकर्षित गर्न किसानलाई सोह्र हप्ते तालिम
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतको क्रिकेटको मुख्य प्रशिक्षकका लागि आवेदन खुला



अ+ अ-

एजेन्सी । टी–२० विश्वकपपछि भारतीय क्रिकेट टोलीमा ठूलो परिवर्तन हुने पक्का छ । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई)ले भारतीय टोलीको मुख्य प्रशिक्षक पदका लागि आवेदन आह्वान गरेको छ ।

सोमबार बीसीसीआईले एक्स (पहिले ट्विटर)मा यो जानकारी दिएको हो । बोर्ड सचिव जय शाहले हालै एक बयान दिएका थिए कि टीम इंडियाले टी–२० विश्वकप पछि नयाँ प्रशिक्षक पाउनेछ ।

अब हालका प्रशिक्षक राहुल द्रविडले फेरि आवेदन दिन्छन् कि दिँदैनन् त्यो हेर्न बाँकी छ । यदि उनले आवेदन दिएनन् भने भारतीय टोलीले नयाँ प्रशिक्षक पाउनेछ ।

गत वर्ष एकदिवसीय विश्वकपपछि द्रविडको सम्झौता समाप्त भएको थियो । तर, त्यसपछि बीसीसीआईले उनीसँग कुरा गर्‍यो र उनलाई यो वर्ष हुने टी–२० विश्वकपसम्म आफ्नो पदमा रहन मनाएको थियो ।

बोर्डले मुख्य प्रशिक्षक पदका लागि मे २७ बेलुकी ६ बजेसम्म आवेदन दिन सकिने जनाएको छ । छनोट प्रक्रियामा आवेदनहरूको विस्तृत समीक्षा, अन्तर्वार्ता र सर्टलिस्ट गरिएका उम्मेद्वारहरूको मूल्याङ्कन समावेश हुनेछ ।

नयाँ मुख्य प्रशिक्षकको कार्यकाल ३.५ वर्षको हुनेछ । यो जुलाई १, २०२४ बाट सुरु हुनेछ र डिसेम्बर ३१, २०२७ मा समाप्त हुनेछ । यसको मतलब, नयाँ मुख्य प्रशिक्षकको नेतृत्वमा टीम इन्डियाले च्याम्पियन्स ट्रफी २०२५, विश्व टेस्ट च्याम्पियनसिपको फाइनल २०२५ र २०२७, टी–२० विश्वकप २०२६ र एकदिवसीय विश्वकप २०२७ खेल्नेछ ।

यसको मतलब नयाँ प्रशिक्षकसँग तीनवटा सीमित ओभरको विश्वकप र दुईवटा आईसीसी टेस्ट च्याम्पियनसिप जित्ने चुनौति हुनेछ ।

मुख्य प्रशिक्षक पदका लागि आवेदन दिने व्यक्तिले कम्तीमा ३० टेस्ट वा ५० ओडीआई खेलेको हुनुपर्नेछ । वा उनीसँग पूर्ण सदस्य टेस्ट खेल्ने राष्ट्रको मुख्य प्रशिक्षकको रूपमा कम्तिमा दुई वर्षको अनुभव हुनुपर्दछ । वा आईपीएल टोलीको एसोसिएट सदस्य–हेड कोच वा सो बराबरको अन्तर्राष्ट्रिय लिग/प्रथम श्रेणी टोलीरराष्ट्रिय ए टोलीको प्रशिक्षकको रूपमा कम्तिमा तीन वर्षको अनुभव हुनुपर्छ । वा आवेदकले बीसीसीआई लेभल ३ प्रमाणपत्र वा कुनै पनि बराबरको डिग्री प्राप्त गरेको हुनुपर्छ । आवेदकको उमेर ६० वर्षभन्दा कम हुनुपर्छ ।