२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
ओमानको खाडीमा इरानतर्फ जाँदै गरेको तेल ट्याङ्कर अमेरिकी सेनाद्वारा निष्क्रिय दक्षिणी गाजामा इजरायली हवाई आक्रमण, ५ प्यालेस्टिनीको मृत्यु, १० भन्दा बढी घाइते फिलिपिन्समा शक्तिशाली भूकम्पपछि जारी सुनामी चेतावनी इण्डोनेसियाले फिर्ता लियो इरानी पेट्रोकेमिकल उद्योगमाथि आक्रमणको बदलामा इजरायली शहर हाइफामा इरानद्वारा क्षेप्यास्त्र प्रहार यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य ‘बर्डफ्लु’ नियन्त्रणका लागि ‘द्रुत कार्य टोली’ परिचालन नियमविपरीत निर्माण गरिएका संरचना हटाउन आग्रह यस्ता छन् औद्योगिक क्षेत्रको भाडा नतिर्ने उद्योगहरू तनहुँका स्थानीय तहलाई सङ्घीय सरकारबाट चार अर्ब अनुदान मुस्ताङ भन्सारबाट छ अर्ब ६६ करोड बढी राजस्व संकलन
तपाईं के खोज्दै हुनुहुन्छ ?

अस्ट्रेलियाले एएफसी महिला एसियली कप २०२६ को आयोजना गर्ने



Caitlin Foord was part of the superstar Matildas team who took Australia by storm during the 2023 Women’s World Cup.(AAP: Dan Himbrechts)
अ+ अ-

क्यानबेरा । फुटबल अस्ट्रेलिया (एफए) ले सन् २०२६ को एसियाली फुटबल कन्फेडेरेसन (एएफसी) महिला एसियाली कपको आयोजना गर्ने अधिकार पाएकामा खुसीयाली मनाएको छ ।

एएफसी कार्यकारी समितिले बुधबार अस्ट्रेलियाले २०२६ को प्रतियोगिता आयोजना गर्ने एएफसी महिला फुटबल समितिको सिफारिसलाई आधिकारिक रूपमा अनुमोदन गरेको छ ।

अस्ट्रेलिया र न्युजिल्यान्डमा भएको २०२३ फिफा महिला विश्वकपले प्रतियोगितामा दर्शकको उपस्थितिको रेकर्ड बनाएको थियो । फिफाका अध्यक्ष जियानी इन्फान्टिनोले यसलाई अहिलेसम्मकै उत्कृष्ट महिला विश्वकपका रूपमा वर्णन गर्नुभएको थियो ।

सन् २०२६ मा १२ टिमकोे महिला एसियाली कपका खेलहरू न्यु साउथ वेल्स (एनएसडब्लु,) क्विन्सल्यान्ड र पश्चिमी अस्ट्रेलिया (डब्लुए) राज्यमा हुनेछन् । सिड्नीको स्टेडियम अस्ट्रेलियामा सेमिफाइनल र फाइनल खेल हुनेछन् ।

अस्ट्रेलियाले अन्तिम पटक सन् २००६ मा महिला एसियाली कपको आयोजना गरेको थियो । उक्त प्रतियोगितामा राष्ट्रिय महिला टोली माटिल्डा पहिलो पटक फाइनलमा पुगेको थियो तर पेनाल्टीमा चीनसँग पराजित भएको थियो ।

अस्ट्रेलियाले सन् २०१० मा पहिलो पटक प्रतियोगिता जितेको थियो भने सन् २०१४ र २०१८ मा पुन: फाइनलमा पुग्दा पनि दुवै अवसरमा जापानसँग पराजित भएको थियो ।