२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
ओमानको खाडीमा इरानतर्फ जाँदै गरेको तेल ट्याङ्कर अमेरिकी सेनाद्वारा निष्क्रिय दक्षिणी गाजामा इजरायली हवाई आक्रमण, ५ प्यालेस्टिनीको मृत्यु, १० भन्दा बढी घाइते फिलिपिन्समा शक्तिशाली भूकम्पपछि जारी सुनामी चेतावनी इण्डोनेसियाले फिर्ता लियो इरानी पेट्रोकेमिकल उद्योगमाथि आक्रमणको बदलामा इजरायली शहर हाइफामा इरानद्वारा क्षेप्यास्त्र प्रहार यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य ‘बर्डफ्लु’ नियन्त्रणका लागि ‘द्रुत कार्य टोली’ परिचालन नियमविपरीत निर्माण गरिएका संरचना हटाउन आग्रह यस्ता छन् औद्योगिक क्षेत्रको भाडा नतिर्ने उद्योगहरू तनहुँका स्थानीय तहलाई सङ्घीय सरकारबाट चार अर्ब अनुदान मुस्ताङ भन्सारबाट छ अर्ब ६६ करोड बढी राजस्व संकलन
तपाईं के खोज्दै हुनुहुन्छ ?

टी–२० विश्वकपअघि नेपालले क्यानडा र अमेरिकासँग अभ्यास खेल खेल्ने



file photo: can
अ+ अ-

काठमाडौँ । आईसीसी टी–२० विश्वकप जुन १ देखि २९ तारिखसम्म अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रूपमा आयोजना हुँदैछ । प्रतियोगितामा २० राष्ट्रले सहभागिता जनाउँदै छन् ।

नेपाली टोली पनि यसअघि नै अमेरिका पुगिसकेको छ । प्रतियोगिता सुरु हुनुअघि अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले प्रत्येक टोलीलाई दुईवटा औपचारिक अभ्यास खेल खेलाउने भएको छ ।

यस क्रममा नेपालले पनि प्रतियोगिता सुरु हुनुअघि दुईवटा अभ्यास खेल खेल्नेछ । यद्यपि, नेपालले अभ्यास खेलमा टेस्ट राष्ट्रलाई प्रतिद्वन्द्वीका रूपमा भने पाउन सकेन । आईसीसीका अनुसार अभ्यास खेल मे २७ देखि जुन १ तारिखसम्म अमेरिका र ट्रिनिडाड एन्ड टोबागोमा खेलिने छ ।

नेपालले आफ्नो पहिलो औपचारिक अभ्यास खेल मे २७ तारिखमा क्यानडासँग खेल्नेछ । उक्त खेल अमेरिकाको टेक्ससमा हुनेछ । नेपालले आफ्नो दोस्रो अभ्यास खेल मे ३० तारिखमा आयोजक राष्ट्र अमेरिकासँग खेल्नेछ । उक्त खेल पनि टेक्ससमै खेलिने छ ।

नेपाल विश्वकपमा समूह डी मा रहेको छ । यस समूहमा नेपालसँगै बंगलादेश, दक्षिण अफ्रिका, श्रीलंका र नेदरल्यान्ड्स रहेका छन् ।