२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
ओमानको खाडीमा इरानतर्फ जाँदै गरेको तेल ट्याङ्कर अमेरिकी सेनाद्वारा निष्क्रिय दक्षिणी गाजामा इजरायली हवाई आक्रमण, ५ प्यालेस्टिनीको मृत्यु, १० भन्दा बढी घाइते फिलिपिन्समा शक्तिशाली भूकम्पपछि जारी सुनामी चेतावनी इण्डोनेसियाले फिर्ता लियो इरानी पेट्रोकेमिकल उद्योगमाथि आक्रमणको बदलामा इजरायली शहर हाइफामा इरानद्वारा क्षेप्यास्त्र प्रहार यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य ‘बर्डफ्लु’ नियन्त्रणका लागि ‘द्रुत कार्य टोली’ परिचालन नियमविपरीत निर्माण गरिएका संरचना हटाउन आग्रह यस्ता छन् औद्योगिक क्षेत्रको भाडा नतिर्ने उद्योगहरू तनहुँका स्थानीय तहलाई सङ्घीय सरकारबाट चार अर्ब अनुदान मुस्ताङ भन्सारबाट छ अर्ब ६६ करोड बढी राजस्व संकलन
तपाईं के खोज्दै हुनुहुन्छ ?

महिला ट्वान्टी–२० क्रिकेटको फाइनलमा सुदूरपश्चिम र एपिएफ भिड्ने



अ+ अ-

काठमाडौँ । सुदूरपश्चिम प्रदेश शुक्रवार वागमती प्रदेशमाथि रबाफिलो जित निकाल्दै ललितपुर मेयर कप महिला ट्वान्टी–२० क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शुक्रवार वागमतीमाथि १०९ रनको जितसहित सुदूरपश्चिमले फाइनलमा उपाधि भिडन्त तय गरेको हो । सुदूरपश्चिमले उपाधिका लागि शनिबार विभागीय टोली एपिएफसँग प्रतिस्पर्धा गर्नेछ । पाँच टोली सहभागी लिगमा अपराजित एपिएफ शिर्षमा र सुदूरपश्चिम दोस्रो स्थानमा रहँदै फाइनलमा पुगेका हुन् । समान चार खेलबाट एपिएफले ८ अंक र एपिएफले ६ अंक बटुले । सुदूरपश्चिमले एक मात्र हार एपिएफसँग व्यहोरेको थियो ।

लिगकै अन्तिम खेलमा सुदूरपश्चिमको १५८ रनको लक्ष्य पछ्याएको वागमती १६.१ ओभरमै ४८ रनमा अलआउट भयो । मध्य क्रमकी ब्याटर कृष्मा गुरुङको १६ रन नै सर्वाधिक ठूलो व्यक्तिगत स्कोर रह्यो । त्यसबाहेक कुनैपनि ब्याटरले दोहोरो अंकमा रन बटुल्न सकेनन् । दोस्रो ओभरमा पहिलो विकेट गुमाएको वागमती त्यसपछि सम्हालिन नै सकेन । सुदूरपश्चिमको बलिङमा ऋतु कनोजियाले तीन विकेट तथा कविता जोशी र लक्ष्मी साउदले समान दुई विकेट लिए ।

बिन्दु रावल र करिस्मा थापाको नाममा समान एक विकेट रह्यो । त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले निर्धारित ओभरमा मात्र दुई विकेट गुमाउँदै १५७ रनको राम्रो योगफल बनायो । सुदूरपश्चिमकी ओपनर सम्झना खड्का ७४ रनमा नटआउट रहिन् । उनले ४७ बलमा १० चौका हिर्काइन् । सम्झनाले पहिलो विकेटका लागि रुवि पोदारसँग ६० रन, दोस्रो विकेटका लागि कप्तान बिन्दु रावलसँग ४३ रन र तेस्रो विकेटका लागि कविता जोशीसँग ५४ रनको साझेदारी गरिन् ।

रुवि र बिन्दुले समान २८ रन बनाए । कविता २० रनमा नटआउट रहिन् । उनले १४ बलमा समान एक चौका र छक्का प्रहार गरिन् । वागमतीको बलिङमा कृष्मा गुरुङले एक विकेट लिइन् । कप्तान अस्मिना कर्माचार्य, सोनी पाख्रिन र मनिषा उपाध्याय महँगा सावित भए । सिंगल राउण्ड रोबिनका आधारमा भएको प्रतियोगितामा ललितपुर मेयर्स, कोशी प्रदेश र वागमती क्रमश: तेस्रोदेखि पाँचौं स्थानमा रहे । यी तीनैले समान एक खेल जितेका थिए ।