२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
न्युजिल्याण्डले ऊर्जा सुरक्षा मजबुत बनाउन ‘एलएनजी’ सुविधा अघि बढाउने श्रीलङ्कामा तीन दिने डेङ्गु नियन्त्रण कार्यक्रम सुरु, पहिलो दिनमै व्यापक निरीक्षण मध्यपूर्व तनाव घट्ने सङ्केतसँगै लगानीकर्तामा उत्साह वसन्त ऋतुको हिमाल आरोहण मैझारो, एक अर्ब २६ करोड राजस्व संकलन शैय्या सङ्ख्याअनुसार शुल्क नतिर्ने स्वास्थ्य संस्था कारबाहीमा अदालतको लेटरप्याड र न्यायाधीशकै दस्तखत किर्ते गरेपछि… कामपा नगरसभाको १९औँ अधिवेशन आगामी ३१ मा पोखरा–भरतपुर–लुम्बिनीबीच पर्यटन प्रवर्द्धनका लागि ‘सिल्भर ट्रयाङ्गल’ समझदारी योग्य, सक्षम इमान्दारी नेतृत्व आवश्यक छ: महामन्त्री बुर्लाकोटी पशुपतिनाथ मन्दिर क्षेत्रमा सिक्री लुटपाट गर्ने पाँच भारतीय पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

हेलिकोप्टर दुर्घटनामा बेपत्ता इरानी राष्ट्रपति अझै भेटिएनन्, रुसले पठायो उद्धार टोली



अ+ अ-

काठमाडौं । इरानका राष्ट्रपति इब्राहिम रायसी सवार हेलिकोप्टर दुर्घटनास्थलको क्षेत्रमा उद्धारका लागि रुसले विशेष टोली पठाएको छ । राष्ट्रपति सवार हेलिकोप्टर दुर्घटना भएपछि खराब मौसमका कारण उद्धारमा समस्या भएपछि रुसले विशेष टोली पठाएको हो ।

खराब मौसमका कारण हिजो हेलिकोप्टर दुर्घटनामा परेको बताइएको छ । राष्ट्रपतिको खोजी जारी रहेको र उनको अवस्थाबारे कुनै जानकारी नआएको इरानका सरकारी सञ्चारमाध्यमले जनाएका छन् ।

रुसले राष्ट्रपति राईसीको खोजीमा मद्दत गर्न इरानमा उद्धार टोली पठाएको रुसी सरकारी सञ्चारमाध्यमले जनाएका हुन । उद्धार टोलीलाई राष्ट्रपति सवार हेलिकोप्टर दुर्घटना भएको इरानी सहर ताब्रिजमा उडाइने बताइएको छ । राष्ट्रपति सवार हेलिकप्टर पूर्वी अजरबैजानको पश्चिमी प्रान्त जोफा क्षेत्रमा दुर्घटना भएको थियो ।

खराब मौसमका कारण दुर्घटनापछिका अन्य विवरण प्राप्त हुन नसकेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । हेलिकोप्टरमा विदेशमन्त्री होसेन अमीर–अब्दुल्लाहियानसमेत सहभागी भएको बताइएको छ ।

दुर्घटना वारजाघन सहरनजिकै दिमारको पहाडी संरक्षित वन क्षेत्रमा भएको हो । ६३ वर्षीय राष्ट्रपति रायसी आइतबार प्रान्तको भ्रमणमा आएका थिए । त्यहाँ उनले आफ्ना अजरबैजानी समकक्षी इल्हाम अलिएभसँग मिलेर दुई देशको सीमामा बाँध परियोजनाको उद्घाटन गरेका थिए ।