२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
शासकीय सुधारसम्बन्धी १०० कार्यसूची कार्यान्वयनमा सञ्चार मन्त्रालयको उल्लेख्य प्रगति मन्त्रिपरिषद्‌मा सुधनलाई पाँचौं र महावीरलाई आठौं वरियता गृहमन्त्री गुरुङ र नवप्रवर्तनमन्त्री पुनले लिए मन्त्री पदको शपथ उपराष्ट्रपति यादवसँग इजिप्टका राजदूतको शिष्टाचार भेट नागरिकको अपेक्षा पूरा गर्न हामी प्रतिबद्ध छ : रास्वपा महामन्त्री बुर्लाकोटी पुरस्कार र दण्डको नीतिलाई कडाईका साथ लागु गर्न महानिरीक्षकको निर्देशन अतिक्रमित संरचना हटेपछि पृथ्वीचोक–नयाँबजार सडक फराकिलो शपथ लिन शीतल निवास पुगे गुरूङ र पुन विपक्षी दलहरूको संयुक्त बैठक सिंहदरबारमा जारी भक्तराज आचार्य राष्ट्रिय संगीत सम्मान २०८२ सम्पन्न, मीरा राणा र सी.के.रसाइली सम्मानित
तपाईं के खोज्दै हुनुहुन्छ ?

बजेटले पोखरा पर्यटकीय राजधानी बन्छ कि बन्दैन, भन्ने प्रश्न उठायो: सांसद बैरागी



अ+ अ-

काठमाडौँ । सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का सांसद दामोदर पौडेल बैरागीले सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटप्रति असन्तुष्टि व्यक्त गर्नुभएको छ ।

आईतवार प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै उहाँले सो कुरा बताउनुभएको हो । सांसद बैरागीले पोखरालाई पर्यटकीय राजधानीको रुपमा घोषणा गरेपनि सो अनुसारको बजेटको व्यवस्था नभएको बताउनु भयो । उहाँले सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटले पोखरा पर्यटकीय राजधानी बन्द कि बन्दैन ? भन्ने प्रश्न उठाएको पनि बताउनु भयो । सांसद बैरागीले बजेटमा निर्वाचन क्षेत्र रणनीतिक योजनाहरु कटौति गरिएको भन्दै आपत्ति समेत गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘पोखरालाई पर्यटकको राजधानी घोषणा गरिएको छ । तर अहिलेको बजेटमा पोखरा पर्यटकको राजधानी बन्छ कि बन्दैन ? भन्ने पश्न उठेको छ । वर्षा सुरु भएको छ । धेरै ठाउँमा असिना, पानीले, बाढी पहिरोले समस्या भइराखेको छ । र त्यो विपद् व्यवस्थापन गर्नेतर्फ हामी सबैको ध्यान जान जरुरी छ । सरकारी अस्पतालको बिस्तारमा बजेटको कमी छ । निर्वाचन क्षेत्रका रणनीतिक योजनाका कार्यक्रम बजेटमा कटौति गरिएको छ । यी र यस्ता धेरै कमीहरु बजेटमा रहेका छन् । ’

सांसद बैरागीले बाढी, पहिरो र असिनासहितको वर्षाले क्षति पुर्‍याउने काम शुरु गरेको उल्लेख गर्दै त्यसको उचित व्यवस्थापनमा ध्यान दिन पनि सरकारलाई सचेत गराउनु भयो ।