२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
ऋण असुलीबाट शिव शिखरका थप २१६ जना पीडितले पाए रकम, बचत फिर्ता पाउने को संख्या… विप्रेषण आप्रवाह ४१ प्रतिशतले वृद्धि रवि लामिछानेविरुद्धको संगठित अपराधको आरोप हट्यो, सहकारी मुद्दामा मिलापत्रको बाटो खुला शासकीय सुधारसम्बन्धी १०० कार्यसूची कार्यान्वयनमा सञ्चार मन्त्रालयको उल्लेख्य प्रगति मन्त्रिपरिषद्‌मा सुधनलाई पाँचौं र महावीरलाई आठौं वरियता गृहमन्त्री गुरुङ र नवप्रवर्तनमन्त्री पुनले लिए मन्त्री पदको शपथ उपराष्ट्रपति यादवसँग इजिप्टका राजदूतको शिष्टाचार भेट नागरिकको अपेक्षा पूरा गर्न हामी प्रतिबद्ध छ : रास्वपा महामन्त्री बुर्लाकोटी पुरस्कार र दण्डको नीतिलाई कडाईका साथ लागु गर्न महानिरीक्षकको निर्देशन अतिक्रमित संरचना हटेपछि पृथ्वीचोक–नयाँबजार सडक फराकिलो
तपाईं के खोज्दै हुनुहुन्छ ?

चित्रबहादुर केसीको दाबी: संघीयताले मुलुकलाई दुर्गतितर्फ लग्यो



अ+ अ-

काठमाडौँ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले संघीयताले मुलुकलाई दुर्गतितर्फ लगिरहेको दावी गर्नुभएको छ ।

आईतवार प्रतिनिधि सभा बैठकमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय र अर्थ मन्त्रालयको विनियोजित बजेटमाजिको छलफलमा भाग लिँदै उहाँले सो कुरा बताउनुभएको हो ।

संघीय शासन प्रणालीको नौ वर्षको व्यवहारिक अनुभवबाट हाम्रो मुलुकको आर्थिक दुर्गति, राजनीतिक अस्थिरता, विखण्डनको कारकतत्व संघीयता भएको कुरा स्पष्ट हुँदै गईरहेको अध्यक्ष केसीको भनाई थियो । उहाँले शासकहरुको प्रवृत्ति एकात्मक हुँदा पनि मुलुकका लागि संघीयता पासो बन्न गएको जिकिर गर्नु भयो । अध्यक्ष केसीले संघीयताको सुदृढिकरणका लागि विश्व बैंक लगायतबाट ऋण लिएर त्यसको भार नेपाली जनतालाई बोकाउने कुरा मान्य नहुने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘अब मुलुकलाई सबैभन्दा ठूलो समस्या के भयो भने–मुलुकलाई समृद्धशाली बनाउनका लागि हामीले संघीय प्रणाली बनायौं । जुन यहाँको भुगोल, यहाँको अर्थतन्त्र, यहाँका नेताहरुको मनोवृत्ति, शासकहरुको प्रवृत्ति एकात्मक, मुलुक संघात्मक । तपाईहरुलाई सबैभन्दा बढी पासो परेको कुरा यही हो । प्रत्येक सरकारले संघीयता कार्यान्वयनमा जोड दिने बारम्बार बताउने गरेका छन् । संघीयता कार्यान्वयनका लागि थुप्रै कार्यक्रम कार्यान्वयन गर्न पनि भनिएको छ । तर संघीय शासन प्रणालीको नौ वर्षको व्यवहारिक अनुभवबाट हाम्रो मुलुकको आर्थिक दुर्गति, राजनीतिक अस्थिरता, विखण्डनको कारकतत्व संघीयता भएको कुरा स्पष्ट हुँदै गईरहेको छ । संघीयताले मुलुकमाथि अनाआवश्यक अनुत्पादक आर्थिक बोझ बढाउँदै लगिरहेको छ । नेपालले संघीयताको सुदृढिकरणको नाममा अमेरिकी परियोजना यूएसएडबाट आर्थिक सहयोग लिएर संघीयताको कार्यान्वयनको नाममा विश्व बैंकबाट ऋण काँढेर कति दिन हामीले संघीयताको भारी नेपाली जनतालाई बोकाउने हो ?’

अध्यक्ष केसीले संघीयताले मुलुकलाई विखण्डनको बाटोमा लैजाने देखिएको पनि बताउनु भयो ।