२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
न्युजिल्याण्डले ऊर्जा सुरक्षा मजबुत बनाउन ‘एलएनजी’ सुविधा अघि बढाउने श्रीलङ्कामा तीन दिने डेङ्गु नियन्त्रण कार्यक्रम सुरु, पहिलो दिनमै व्यापक निरीक्षण मध्यपूर्व तनाव घट्ने सङ्केतसँगै लगानीकर्तामा उत्साह वसन्त ऋतुको हिमाल आरोहण मैझारो, एक अर्ब २६ करोड राजस्व संकलन शैय्या सङ्ख्याअनुसार शुल्क नतिर्ने स्वास्थ्य संस्था कारबाहीमा अदालतको लेटरप्याड र न्यायाधीशकै दस्तखत किर्ते गरेपछि… कामपा नगरसभाको १९औँ अधिवेशन आगामी ३१ मा पोखरा–भरतपुर–लुम्बिनीबीच पर्यटन प्रवर्द्धनका लागि ‘सिल्भर ट्रयाङ्गल’ समझदारी योग्य, सक्षम इमान्दारी नेतृत्व आवश्यक छ: महामन्त्री बुर्लाकोटी पशुपतिनाथ मन्दिर क्षेत्रमा सिक्री लुटपाट गर्ने पाँच भारतीय पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

कारबाओ कप: म्यान्चेस्टरलाई हराएर टोटेनह्याम सेमिफाइनलमा प्रवेश



अ+ अ-

लन्डन: बेलायतको निकै लोकप्रिय खेल प्रतियोगिता काराबाओ कप अन्तर्गत शुक्रबार राति भएको खेलमा टोटेनह्याम हस्परले म्यान्चेस्टर युनाइटेडलाई पराजित गरी सेमिफाइनलमा प्रवेश गरेको छ ।

निकै रोमाञ्चक र प्रतिस्पर्धात्मक यस खेलमा एक घण्टाको अवधिमा टोटेनह्यामले ३–० को अग्रता बनाएर जित सुनिश्चित गरेझैं लागेको थियो । टोटेनह्यामका लागि डोमिनिक सोलान्कीले १५ र ५४औं मिनेटमा गोल गरेका थिए भने कुलुसेभ्स्कीले ४६ औं मिनेटमा गोल गरेर खेललाई आफ्नो पक्षमा पारेका थिए ।

तर युनाइटेडका जोसुआ झिर्कीले ६३औं मिनेट र अमाद डियालोले ७०औं मिनेटमा गोल गरेर युनाइटेडलाई खेलमा फर्काएका थिए ।

यतिमै खेलको रोमाञ्च सकिएको थिएन । ८८औं मिनेटमा टोटेनह्यामका लागि सन मिनले अर्को गोल गरेर ४–२ को अग्रता बनाएका थिए । खेलको अन्ततिर अतिरिक्त समयमा युनाइटेडका लागि जोनी इभान्सले गोल गरेका थिए । तर त्यसपछि भने कुनै गोल भएन र समग्रमा टोटेनह्यामले युनाइटेडलाई ४–३ गोल अन्तरले पराजित गर्यो ।

यससँगै कारबाओ कपबाट म्यान्चेस्टर युनाइटेड बाहिरिएको छ ।

अब सेमिफाइनलमा टोटेनह्यामले लिभरपुलको सामना गर्नेछ । अर्को सेमिफाइनलमा भने आर्सनल र न्यूक्यासल युनाइटेडबीच भिडन्त हुनेछ ।