२७ जेष्ठ २०८३, बुधबार
,
Latest
न्युजिल्याण्डले ऊर्जा सुरक्षा मजबुत बनाउन ‘एलएनजी’ सुविधा अघि बढाउने श्रीलङ्कामा तीन दिने डेङ्गु नियन्त्रण कार्यक्रम सुरु, पहिलो दिनमै व्यापक निरीक्षण मध्यपूर्व तनाव घट्ने सङ्केतसँगै लगानीकर्तामा उत्साह वसन्त ऋतुको हिमाल आरोहण मैझारो, एक अर्ब २६ करोड राजस्व संकलन शैय्या सङ्ख्याअनुसार शुल्क नतिर्ने स्वास्थ्य संस्था कारबाहीमा अदालतको लेटरप्याड र न्यायाधीशकै दस्तखत किर्ते गरेपछि… कामपा नगरसभाको १९औँ अधिवेशन आगामी ३१ मा पोखरा–भरतपुर–लुम्बिनीबीच पर्यटन प्रवर्द्धनका लागि ‘सिल्भर ट्रयाङ्गल’ समझदारी योग्य, सक्षम इमान्दारी नेतृत्व आवश्यक छ: महामन्त्री बुर्लाकोटी पशुपतिनाथ मन्दिर क्षेत्रमा सिक्री लुटपाट गर्ने पाँच भारतीय पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

आज बिहीबार, यसरी गर्नुपर्छ बगलामुखी माताको ब्रत र पूजा



अ+ अ-

काठमाडौं । आज बिहीबार हिन्दू नरनारीहरुले आजका दिन बगलामुखी देवीको ब्रत तथा उपासना र पूजाआजा गर्ने गर्दछन् । तर देवीको पूजा के कसरी गर्ने ? कसरी आज बिहीबारका दिन देवीको उपासना या ब्रत गर्दा फल प्राप्त हुन्छ भन्ने विषयमा सबैलाई जानकारी नहुन पनि सक्छ । यहाँ पूजा तथा उपासनाका केही विधिहरु दिइएको छ । 

मन्त्रोच्चारण गर्ने विधि 
उहाँको स्तुती गर्दा बिजमन्त्रको उच्चारण गर्ने, बगलामुखी माताको स्तोत्र पाठ गर्ने, श्री बगलामुखी स्तोत्रं– १, २, बगलामुखी हृदयं, बगलामुखी अष्टोत्तरशतनाम स्तोत्रं र बगलामुखी अष्टोत्तर शतनामावलीको जप गर्ने गर्नाले मातालाई प्रसन्न पार्न सकिन्छ । 
साधाना गर्ने
साधना बिहान सबैभन्दा पहिला स्नानबाट शुरु हुन्छ । स्नान गरिसकेपछि चित्तशुद्धिका साथ उहाँको उपासना शुरु हुन्छ । उहाँको स्मरण गर्दै केही समय ध्यान गर्नुपर्छ र ध्यानपछि मन्त्रोच्चारण गर्नुपर्छ । 
बगलामुखी माताको साधनाले उहाँलाई खुशी पार्न सकिन्छ । यसमा खासगरी आफ्ना गुरुबाट प्राप्त भएको साधनाको ज्ञान र मन्त्रलाई सही तरिकाले जप गरियो भने यसबाट मनको शान्ति प्राप्त हुनुका साथै माताको कृपा पाउन सकिन्छ । यसरी साधना गर्दा साधकले उहाँलाई मनपर्ने पहेँलो रंगको वस्त्र लगाउनुपर्छ ।  
पूजा कसरी गर्ने ? 
माताको पूजा गर्दा उहाँको मनपर्ने पहेँलो संगको वस्त्र लगाउनुपर्छ र मातालाई पनि पहेँलो वस्त्र चढाउनुपर्छ । त्यसैगरी पहेँलो केशरी, चन्दन, पहेँला धजा, पहेँला अक्षता र पहेँला फलफूलहरु चढाउनुपर्छ । यसरी आराधना गर्दा माताको आशिर्वाद प्राप्त हुनेछ । यसरी बगलामुखी माताको साधना गर्ने हरेक वर्तालूले नारीको सम्मान गर्नुपर्छ । शास्त्रमा हरेक नारीमा देवीको बास हुने भएकोले नारीको सम्मानबाट बगलामुखी माता पनि खुशी हुने बताइएको छ ।