२७ जेष्ठ २०८३, बुधबार
,
Latest
न्युजिल्याण्डले ऊर्जा सुरक्षा मजबुत बनाउन ‘एलएनजी’ सुविधा अघि बढाउने श्रीलङ्कामा तीन दिने डेङ्गु नियन्त्रण कार्यक्रम सुरु, पहिलो दिनमै व्यापक निरीक्षण मध्यपूर्व तनाव घट्ने सङ्केतसँगै लगानीकर्तामा उत्साह वसन्त ऋतुको हिमाल आरोहण मैझारो, एक अर्ब २६ करोड राजस्व संकलन शैय्या सङ्ख्याअनुसार शुल्क नतिर्ने स्वास्थ्य संस्था कारबाहीमा अदालतको लेटरप्याड र न्यायाधीशकै दस्तखत किर्ते गरेपछि… कामपा नगरसभाको १९औँ अधिवेशन आगामी ३१ मा पोखरा–भरतपुर–लुम्बिनीबीच पर्यटन प्रवर्द्धनका लागि ‘सिल्भर ट्रयाङ्गल’ समझदारी योग्य, सक्षम इमान्दारी नेतृत्व आवश्यक छ: महामन्त्री बुर्लाकोटी पशुपतिनाथ मन्दिर क्षेत्रमा सिक्री लुटपाट गर्ने पाँच भारतीय पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

कर्मचारीलाई कोरोना पोजेटिभ देखिएपछि काठमाडौंबाट श्रम स्वीकृति बन्द



अ+ अ-

काठमाडौं । वैदेशिक रोजगार कार्यालय ताहाचलबाट श्रम स्वीकृति सेवा बन्द भएको छ । वैदेशिक रोजगार विभागका महानिर्देशक कुमार दाहालका अनुसार कार्यालयमा कार्यरत कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि सेवा रोकिएको हो । 

‘एक जना कर्मचारीमा कोरोना पुष्टि भएको छ, अन्य कर्मचारीमा पनि लक्षण देखिएको छ’ उनले भने, ‘कार्यालय त खुल्लै हुन्छ तर सबै प्रकारका सेवा भने बन्द गरिएको छ ।’

निषेधाज्ञापछि ताहाचलबाट वैदेशिक रोजगारीका लागि नियमित श्रम स्वीकृति जारी हुँदै आएको थियो ।