काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल भारतको पूर्वी बिहार आसपास रहेको न्यून चापीय प्रणाली कमजोर हुने क्रममा रहेको जनाएको छ । यसका साथै, हाल देशका पहाडी भूभागमा आंशिकदेखी सामान्य बदली रहेको महाशाखाले जारी पूर्वानुमानमा उल्लेख छ ।
यसैगरी, दिउँसो प्रदेश नं १, गण्डकी प्रदेश र प्रदेश नं ५ मा सामान्य बदली रही थोरै स्थानहरूमा हल्का वर्षा तथा बाँकी प्रदेशहरुमा आंशिक बदलीको सम्भावना रहेको छ ।
यस्तै, राती प्रदेश नं १, गण्डकी प्रदेश र प्रदेश नं ५ मा सामान्य बदली रही थोरै स्थानहरूमा हल्का वर्षा तथा बाँकी प्रदेशहरुमा आंशिक बदलीको सम्भावना रहेको छ ।












