२७ जेष्ठ २०८३, बुधबार
,
Latest
न्युजिल्याण्डले ऊर्जा सुरक्षा मजबुत बनाउन ‘एलएनजी’ सुविधा अघि बढाउने श्रीलङ्कामा तीन दिने डेङ्गु नियन्त्रण कार्यक्रम सुरु, पहिलो दिनमै व्यापक निरीक्षण मध्यपूर्व तनाव घट्ने सङ्केतसँगै लगानीकर्तामा उत्साह वसन्त ऋतुको हिमाल आरोहण मैझारो, एक अर्ब २६ करोड राजस्व संकलन शैय्या सङ्ख्याअनुसार शुल्क नतिर्ने स्वास्थ्य संस्था कारबाहीमा अदालतको लेटरप्याड र न्यायाधीशकै दस्तखत किर्ते गरेपछि… कामपा नगरसभाको १९औँ अधिवेशन आगामी ३१ मा पोखरा–भरतपुर–लुम्बिनीबीच पर्यटन प्रवर्द्धनका लागि ‘सिल्भर ट्रयाङ्गल’ समझदारी योग्य, सक्षम इमान्दारी नेतृत्व आवश्यक छ: महामन्त्री बुर्लाकोटी पशुपतिनाथ मन्दिर क्षेत्रमा सिक्री लुटपाट गर्ने पाँच भारतीय पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

मोरङका ६८ वर्षीय कोरोनासंक्रमित वृद्धाको निधन



अ+ अ-

मोरङ । मंगलबार मोरङका एक कोरानासंक्रमित पुरुषको उपचारको क्रममा निधन भएको छ । सुनवर्शी–७ का ६८ वर्षीय पुरुषको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा निधन भएको प्रवक्ता डा. निदेश सापकोटाले जानकारी दिए ।

नोबेल मेडिकल कलेज विराटनगरमा आइसीयूमा उपचाररत ती पुरुषमा कोरोनाभाइरसको संक्रमण पुष्टि भएपछि प्रतिष्ठानमा रेफर गरिएको थियो । गत असोज ५ गते संक्रमण पुष्टि भएका उनलाई जोरी, खोकी र श्वासप्रश्वासमा कठिनाइ भएपछि गत १० गते प्रतिष्ठानमा भर्ना गरिएको थियो ।

डा. सापकोटाका अनुसार उनलाई भेन्टिलेटरमा राखेर उपचार गरिरहँदा मंगलबार बिहान ३ बजे निधन भएको हो । उनलाई उच्च रक्तचाप, मधुमेह तथा मिर्गौलाको दीर्घकालिन समस्या रहेको थियो ।