काठमाडौं । नुवाकोटका पत्रकार शिव देवकोटामाथि आक्रमण गरेको अभियोगमा नेपाल पत्रकार महासंघ जिल्ला शाखाका सचिव जगदिश खनाल पक्राउ परेका छन् । खनालसहित कपिलदेव खनाल र सदस्य सुजित भण्डारीविरुद्ध ज्यान मार्ने उद्योगमा किटानी जाहेरी परेपछि अहिले एक जना पक्राउ परिसकेको र अन्य दुई जनाको खोजी कार्य जारी रहेको नुवाकोटका एसपी तुलबहादुर कार्कीले बताए ।
असोज ५ गते रातिको समयमा पत्रकारहरु बिच भएकोे झगडामा परी देवकोटाको करङ फ्याक्चर भएको पाइएको कार्कीले बताएका छन् ।
आक्रमणमा परेका पत्रकार प्रेस युनियनका पूर्वकेन्द्रीय सदस्य हुन् । घटनाबारे थप अनुसन्धान जारी छ ।












