काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५ जनाको कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको छ ।
मृत्यु हुनेमा काठमाडौंका ३ र ललितपुरका २ जना रहेका छन् । काठमाडौं ६१ र ६२ वर्षका पुरुष तथा ५० वर्षीया महिलाको मृत्यु भएको हो भने ललितपुरका ४२ रु ७७ वर्षका पुरुषको ज्यान गएको छ ।
त्सैगरी आइतबारमात्रै ८८५ जनाले कोरोना भाइरसलाई जितेर डिस्चार्ज भएका छन् । गएको २४ घण्टामा देशभर १५७३ जना नयाँ कोरोना भाइरस संक्रमित थपिएका छन् ।












