काठमाडौं । काठमाडौं उपत्यकामा आज आइतवार ८०९ जनामा कोरोना संक्रमण देखिएको छ ।
काठमाडौं जिल्लाका ६३३, ललितपुरका १०४ र भक्तपुरका ७२ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो ।
त्यस्तै आज आइतबार मात्रै देशभर १५७३ जना नयाँ कोरोना भाइरस संक्रमित थपिएका छन् । आइतबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले सो जानकारी दिएका हुन् ।












