२७ जेष्ठ २०८३, बुधबार
,
Latest
न्युजिल्याण्डले ऊर्जा सुरक्षा मजबुत बनाउन ‘एलएनजी’ सुविधा अघि बढाउने श्रीलङ्कामा तीन दिने डेङ्गु नियन्त्रण कार्यक्रम सुरु, पहिलो दिनमै व्यापक निरीक्षण मध्यपूर्व तनाव घट्ने सङ्केतसँगै लगानीकर्तामा उत्साह वसन्त ऋतुको हिमाल आरोहण मैझारो, एक अर्ब २६ करोड राजस्व संकलन शैय्या सङ्ख्याअनुसार शुल्क नतिर्ने स्वास्थ्य संस्था कारबाहीमा अदालतको लेटरप्याड र न्यायाधीशकै दस्तखत किर्ते गरेपछि… कामपा नगरसभाको १९औँ अधिवेशन आगामी ३१ मा पोखरा–भरतपुर–लुम्बिनीबीच पर्यटन प्रवर्द्धनका लागि ‘सिल्भर ट्रयाङ्गल’ समझदारी योग्य, सक्षम इमान्दारी नेतृत्व आवश्यक छ: महामन्त्री बुर्लाकोटी पशुपतिनाथ मन्दिर क्षेत्रमा सिक्री लुटपाट गर्ने पाँच भारतीय पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

तेजाब पीडित र अभियन्ताबाट सरकारलाई धन्यवाद, ‘घाउमा सरकारले मल्हम लगायो’



अ+ अ-

काठमाडौं। सरकारले एसिड (तेजाब) आक्रमण गर्नेहरुलाई कडा सजाय हुने गरी अध्यादेशमार्फत नयाँ कानून निर्माण गरेकोमा अभियन्ता उज्वल थापा सहित पीडितहले सरकारलाई धन्यवाद दिएका छन् । थापाले सामाजिक संञ्जालमा प्रधानमन्त्री सहित सरोकारवालहरु संग भएको छलफल पछिको पीडितहरु संगको फोटो राख्दै मेरो अभियान वहाँहरुको लागि थियो छ र रहन्छ भन्दै धन्यवाद ब्यक्त गरेका छन् ।

नयाँ कानून मार्फत  नेपाल सरकारले मल्हम लगाउने काम भन्दै थापाले हामी सम्पुर्णको तर्फबाट नयाँ कानुन र पुनःस्थापन प्याकेज को लागि आभार र कृतज्ञता प्रकट गरेका छन्। सरकारले  तेजाब (एसिड) तथा ज्वलनशील पदार्थ प्रयोग गरी कसैको शरीर अंगभङ्ग गर्ने र अपराध गर्न लगाउने व्यक्तिमाथि २० वर्ष कैदसम्म र १० लाख रुपैयाँसम्म जरिवाना हुने नयाँ कानून बनाएको छ ।

यसै गरी मुलुकी अपराध संहिता २०७४ मा भएको एसिडजन्य अपराधमा संलग्नलाई अधिकतम ८ वर्ष कैद र ५ लाखसम्म जरिवाना हुने व्यवस्था पनि गरेको छ । मन्त्रिपरिषद्ले ‘फौजदारी कसुर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश– २०७७’ ले ६ वटा ऐनका एसिड अपराधसम्बन्धी कसुर र सजायका प्रावधान हेरफेर गरी नयाँ कानूनको निर्माण गरेको हो ।