२७ जेष्ठ २०८३, बुधबार
,
Latest
न्युजिल्याण्डले ऊर्जा सुरक्षा मजबुत बनाउन ‘एलएनजी’ सुविधा अघि बढाउने श्रीलङ्कामा तीन दिने डेङ्गु नियन्त्रण कार्यक्रम सुरु, पहिलो दिनमै व्यापक निरीक्षण मध्यपूर्व तनाव घट्ने सङ्केतसँगै लगानीकर्तामा उत्साह वसन्त ऋतुको हिमाल आरोहण मैझारो, एक अर्ब २६ करोड राजस्व संकलन शैय्या सङ्ख्याअनुसार शुल्क नतिर्ने स्वास्थ्य संस्था कारबाहीमा अदालतको लेटरप्याड र न्यायाधीशकै दस्तखत किर्ते गरेपछि… कामपा नगरसभाको १९औँ अधिवेशन आगामी ३१ मा पोखरा–भरतपुर–लुम्बिनीबीच पर्यटन प्रवर्द्धनका लागि ‘सिल्भर ट्रयाङ्गल’ समझदारी योग्य, सक्षम इमान्दारी नेतृत्व आवश्यक छ: महामन्त्री बुर्लाकोटी पशुपतिनाथ मन्दिर क्षेत्रमा सिक्री लुटपाट गर्ने पाँच भारतीय पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

उपत्यका छाड्ने भन्दा भित्रिनेको संख्या बढि, १ लाख ७० हजारभन्दा बढी यात्रु भित्रिए



अ+ अ-

काठमाडौं । काठमाडौं उपत्यकाको निषेधाज्ञा खुलेको १० दिनसम्म उपत्यकामा भित्रिने यात्रुको संख्या उपत्यका छाड्नेभन्दा बढी देखिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । १० दिनको अवधिमा १ लाख ७४ हजार ८ सय ४४ जना यात्रु उपत्यकामा प्रवेश गरेको महाशाखाको तथ्याङ्क छ । त्यस्तै, कूल ४१ हजार ६ सय १७ वटा सवारीसाधन उपत्यकामा भित्रिँसकेको छ ।

दशैं लगायतका महत्वपूर्ण चाडबाड आउनुअघि खुला भएको उपत्यकाको आवागमनमा भित्रिनेको संख्या बढी देखिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको हो । 

त्यस्तै महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) रामेश्वर प्रसाद यादवका अनुसार ४१ हजार २ सय ५ सवारी साधन बाहिरिँएको र १ लाख ६५ हजार २ सय ४६ जना यात्रुले उपत्यका छाडेको छ ।