रसुवा । प्रतिनिधिसभा सदस्य सांसद मोहन आचार्यको व्यक्तिगत नगद सहयोगमा रसुवामा बिग्रेर २ बर्ष देखि थन्किएको एम्बुलेन्स सुचारु भएको छ । नेपाल रेडक्रस सोसाइटी रसुवा जिल्ला शाखाको एम्बुलेन्स मर्मत गर्न साम्सद आचार्यले व्यक्तिगत तर्फबाट नगद २ लाख ८० हजार रुपैयाँ सहयोग गरेको नेपाल रेडक्रस सोसाइटी रसुवाले जानकारी दिएको छ ।
नेपाल रेडक्रस सोसाइटी रसुवाका सभापति बाबुलाल तामाङले रेडक्रसको एम्बुलेन्स संचालनमा आए सङ्गै आकस्मिक स्वास्थ सहायता उपलब्ध गराउन महत्त्वपूर्ण सहयोग पुगेको जानकारी दिए । उनले नगद सहयोग गरि एम्बुलेन्स मर्मत गराइ सन्चालनमा ल्याउन सहयोग गरेकोमा संघीय सांसद मोहन आचार्यलाई धन्यवाद समेत ज्ञापन गरेका छन् ।दुई बर्ष देखि विग्रिएर बसेको सो एम्बुलेन्स रकम अभाबका कारण मर्मत हुन सकेको थिएन।












