२७ जेष्ठ २०८३, बुधबार
,
Latest
न्युजिल्याण्डले ऊर्जा सुरक्षा मजबुत बनाउन ‘एलएनजी’ सुविधा अघि बढाउने श्रीलङ्कामा तीन दिने डेङ्गु नियन्त्रण कार्यक्रम सुरु, पहिलो दिनमै व्यापक निरीक्षण मध्यपूर्व तनाव घट्ने सङ्केतसँगै लगानीकर्तामा उत्साह वसन्त ऋतुको हिमाल आरोहण मैझारो, एक अर्ब २६ करोड राजस्व संकलन शैय्या सङ्ख्याअनुसार शुल्क नतिर्ने स्वास्थ्य संस्था कारबाहीमा अदालतको लेटरप्याड र न्यायाधीशकै दस्तखत किर्ते गरेपछि… कामपा नगरसभाको १९औँ अधिवेशन आगामी ३१ मा पोखरा–भरतपुर–लुम्बिनीबीच पर्यटन प्रवर्द्धनका लागि ‘सिल्भर ट्रयाङ्गल’ समझदारी योग्य, सक्षम इमान्दारी नेतृत्व आवश्यक छ: महामन्त्री बुर्लाकोटी पशुपतिनाथ मन्दिर क्षेत्रमा सिक्री लुटपाट गर्ने पाँच भारतीय पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

बिग्रेर दुई वर्षदेखि थन्किएको एम्बुलेन्स गुड्यो



अ+ अ-

रसुवा । प्रतिनिधिसभा सदस्य सांसद मोहन आचार्यको व्यक्तिगत नगद सहयोगमा रसुवामा बिग्रेर २ बर्ष देखि थन्किएको एम्बुलेन्स सुचारु भएको छ । नेपाल रेडक्रस सोसाइटी रसुवा जिल्ला शाखाको एम्बुलेन्स मर्मत गर्न साम्सद आचार्यले व्यक्तिगत तर्फबाट नगद २ लाख ८० हजार रुपैयाँ  सहयोग गरेको नेपाल रेडक्रस सोसाइटी रसुवाले जानकारी दिएको छ ।

नेपाल रेडक्रस सोसाइटी रसुवाका सभापति बाबुलाल तामाङले रेडक्रसको एम्बुलेन्स संचालनमा आए सङ्गै आकस्मिक स्वास्थ सहायता उपलब्ध गराउन महत्त्वपूर्ण सहयोग पुगेको जानकारी दिए । उनले नगद सहयोग गरि एम्बुलेन्स मर्मत गराइ सन्चालनमा ल्याउन सहयोग गरेकोमा संघीय सांसद मोहन आचार्यलाई धन्यवाद समेत ज्ञापन गरेका छन् ।दुई बर्ष देखि विग्रिएर बसेको सो एम्बुलेन्स रकम अभाबका कारण मर्मत हुन सकेको थिएन।