२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
न्युजिल्याण्डले ऊर्जा सुरक्षा मजबुत बनाउन ‘एलएनजी’ सुविधा अघि बढाउने श्रीलङ्कामा तीन दिने डेङ्गु नियन्त्रण कार्यक्रम सुरु, पहिलो दिनमै व्यापक निरीक्षण मध्यपूर्व तनाव घट्ने सङ्केतसँगै लगानीकर्तामा उत्साह वसन्त ऋतुको हिमाल आरोहण मैझारो, एक अर्ब २६ करोड राजस्व संकलन शैय्या सङ्ख्याअनुसार शुल्क नतिर्ने स्वास्थ्य संस्था कारबाहीमा अदालतको लेटरप्याड र न्यायाधीशकै दस्तखत किर्ते गरेपछि… कामपा नगरसभाको १९औँ अधिवेशन आगामी ३१ मा पोखरा–भरतपुर–लुम्बिनीबीच पर्यटन प्रवर्द्धनका लागि ‘सिल्भर ट्रयाङ्गल’ समझदारी योग्य, सक्षम इमान्दारी नेतृत्व आवश्यक छ: महामन्त्री बुर्लाकोटी पशुपतिनाथ मन्दिर क्षेत्रमा सिक्री लुटपाट गर्ने पाँच भारतीय पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

जनताकाे सहयाेग भएमात्रै काेराेना नियन्त्रणमा आउन सक्छ : राज्यमन्त्री मानन्धर



अ+ अ-

काठमाण्डाै I शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले कोराेना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सबै नागरिकले सरकारलाई सहयोग गर्नुपर्ने बताउनुभएको छ ।

शनिबार साधना कलाकेन्द्रले काठमाण्डाैमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै राज्यमन्त्री मानन्धरले सबै जनताको सहयोग भए मात्रै सरकारले कोराेना भाइरस रोकथाम तथा नियन्त्रणका लागि प्रभावकारी काम गर्न सक्ने बताउनुभएको हो ।

उहाँले अहिले सरकारले गरेका कामहरुप्रति सबैले आलोचना मात्रै गरिरहेकाले पनि समस्या देखिएको बताउनुभयो । करिब १० लाख मानिसहरुको पीसीआर परीक्षण गर्दा नै अर्बौं रुपैयाँ सकिएको तर नियन्त्रणमा आउन नसकेकाले सबैको सहयोगको आवस्यकता रहेको उहाँको भनाइ छ ।

कार्यक्रममा राज्यमन्त्री मानन्धरले कलाकारिता क्षेत्रको विकासकोे पहिलो आधार एक श्रष्टाले अर्को श्रष्टालाई सम्मान गर्नु नै रहेको बताउनुभयो । श्रष्टाप्रतिको सम्मान नै कलाकारिताको पहिलो साधना भएको पनि उहाँले बताउनुभयो ।

कार्यक्रममा राज्यमन्त्री मानन्धरले साधना कला केन्द्रले अनलाइनमार्फत आयोजना गरेको गायन प्रतियोगिताका विजेताहरुलाई पुरस्कृत गर्नुभएको छ । जसमध्ये प्रथम पुरस्कार ललितपुरकी कलाकार रुपा सापकोटाले प्राप्त गर्नुभएको छ ।

दोस्रो पुरस्कार दोलखाकी ममता तामाङ, तेस्रो पुरस्कार विराटनगरका डा. मन्जिल श्रेष्ठ र सान्त्वना पुरस्कार काठमाण्डौका विमल रुचाल र निषादरत्न तुलाधरले प्राप्त गर्नुभएको छ । साधना कलाकेन्द्रले आयोजना गरेको साधना कलाकेन्द्रमा अनलाइन माध्यमबाट विभिन्न १३ देशमा रहेका कलाकारहरुले सहभागिता जनाएका थिए ।