२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
न्युजिल्याण्डले ऊर्जा सुरक्षा मजबुत बनाउन ‘एलएनजी’ सुविधा अघि बढाउने श्रीलङ्कामा तीन दिने डेङ्गु नियन्त्रण कार्यक्रम सुरु, पहिलो दिनमै व्यापक निरीक्षण मध्यपूर्व तनाव घट्ने सङ्केतसँगै लगानीकर्तामा उत्साह वसन्त ऋतुको हिमाल आरोहण मैझारो, एक अर्ब २६ करोड राजस्व संकलन शैय्या सङ्ख्याअनुसार शुल्क नतिर्ने स्वास्थ्य संस्था कारबाहीमा अदालतको लेटरप्याड र न्यायाधीशकै दस्तखत किर्ते गरेपछि… कामपा नगरसभाको १९औँ अधिवेशन आगामी ३१ मा पोखरा–भरतपुर–लुम्बिनीबीच पर्यटन प्रवर्द्धनका लागि ‘सिल्भर ट्रयाङ्गल’ समझदारी योग्य, सक्षम इमान्दारी नेतृत्व आवश्यक छ: महामन्त्री बुर्लाकोटी पशुपतिनाथ मन्दिर क्षेत्रमा सिक्री लुटपाट गर्ने पाँच भारतीय पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

तुलसीको मठ कुन दिशामा राख्ने ? तुलसीको सेवा यसरी गर्नुहोस् घरमा सधैँ शुभ हुनेछ



अ+ अ-

काठमाडौं । तुलसी भगवान विष्णुको साक्षात अवतार मानिन्छ । मनुस्य जगतले साक्षात दर्शन पाउने यस पृथ्वीमा प्राप्त हुने तुलसी सहित शालिग्राम र दुबोलाई पनि भगवान विष्णुको अवतारका रुपमा मानिन्छ । यी वस्तुहरुको सेवा गर्नाले विष्णु भगवान खुशी हुने कुरा नेपालका हिन्दू धर्मगन्थहरुका साथै विष्णु पुराणमा लेखिएको छ । आज हामी यीमध्ये तुलसीको बारेमा यहाँ केही जानकारी दिन चाहन्छौँ । 

हरेक नेपाली नागरिकले घरमा तुलसीको मठ राखेको हुन्छ र त्यहाँ असारको हरिसयनी एकादशीका दिन मठमा तुलसी रोपण गरिनछ । ती तुलसीको प्राय कात्तिकमा पर्ने हरिबोधनी एकादशीका दिन विवाह गर्ने गरिन्छ । धर्मशास्त्र अनुसार यी दुई एकादशीका दिन ब्रत गरी तुलसीको सेवा गर्नाले फल प्राप्त हुने छ । 

यस्तो महत्वपूर्ण र पवित्र तुलसीको मठ घरको पूर्वतर्फ राख्नुपर्दछ । तुलसीको मठको सीधा घरको मूल ढोका राख्दा तुलसीबाट प्राप्त हुने अक्सिजन घरभित्रै सम्म पुग्ने गर्दछ । तुलसीले वनस्पतीमै सबैभन्दा बढी अक्सिजन दिने गर्दछ । भनिन्छ एक हजार बृक्षले भन्दा बढी अक्सिजन एक पिपलको बृक्षले दिन्छ र एक हजार पिपलको बृक्षले भन्दा बढी अक्सिजन एक मठका तुलसीले दिन सक्छन् । यी धार्मिक र अहिलेको वैज्ञानिका मान्यताअनुसार पनि प्रमाणित भएका तथ्य हुन् । 

प्राय सबै हिन्दुहरुको घरमा तुलसीको मठ राखिएकै हुन्छ र यसबाट घरमा शुभै शुभ हुन्छ भन्ने धार्मिक मान्यता छ । तर तुलसीको मठ राख्दा कुन दिशाामा राख्ने भन्ने थाहा नहुँदा घरमा त्यसले नकारात्मक फल पनि दिएको हुनसक्छ । वास्तुअनुसार तुलसीको बिरुवा भूलेर पनि दक्षिण दिशामा रोप्नु हुँदैन । पूर्वी दिशा तथा एकान्त ठाउँमा तुलसी रोप्नु वास्तु अनुसार सबैभन्दा उत्तम मानिन्छ।

कुनै मानिसको घरमा तुलसीको बिरुवा छ भने यसले समस्या आउनु अगाडि नै सचेत गराउँछ भन्ने धार्मिमक मान्यता छ। यदि तपाईको घरमा विपत्ति आउँदै छ भने घरमा रहेको तुलसीको बिरुवा सुक्न थाल्छ या रंग परिवर्तन भएजस्तो देखिन्छ । यसबाट घर परिवारमा समस्या या संकट आउन लागेको ज्ञात हुन सक्छ । 

यदि तपाईमा ग्रहको कुनै अशुभ प्रभाव पर्नेवाला छ भने तुलसीको रंग परिवर्तन हुन थाल्दछ । सबै ग्रहको शुभ र अशुभ प्रभाव पुर्याउने काम बुध ग्रहले गर्दछ । उसको प्रभाव हरेक रंगमा हुन्छ । त्यसैले तपाईमा कुनै विपत्ति आउने वाला छ भने तुलसीको विरुवा सुक्दछ भने शुभ प्रभाव भएमा तुलसी हरियो हराभरा हुने गर्दछ।

घरको कुनै सदस्य समस्यामा परेको छ भने यसलाई तुलसीका ३ पात कुनै पनि तरिकाले खुवाएमा चमत्कारिक रुपमा परिवर्तन देखिन्छ, संकट टार्न सक्दछ । तुलसीको पात टिप्दा विष्णु भगवानलाई सम्झेर र उहाँको मन्त्रोच्चारण गरेर मात्र टिप्नु पर्दछ । तर ध्यान दिनुहोस् मंगलबार र आईतबार तुलसीको पात टिप्नु राम्रो हुँदैन।

कारोबारमा मन्दी लागेको छ भने तुलसीको सेवा गर्दा फल प्राप्ति हुन्छ । तुलसीको बिरुवामा प्रत्येक दिन बिहान शुद्ध जल, गाईको काँचो दुध र मिठाई चढाउने गरेमा व्यापारमा लागेको मन्दी हट्ने छ र व्यापार चम्किन थाल्दछ । घरमा कुनै प्रकारको वास्तु दोषबाट ग्रसित छ भने तुलसीको बिरुवा रोपेर पञ्चामृत चढाउँदै दैनिक रुपमा पूजाआजा गर्दा वास्तुदोष हटेर जान्छ ।