काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमण मुक्त हुनेको संख्या ५१ हजार नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसा श्क्रबार १४ सय जना संक्रमण मुक्त भएसंगै ५१ हजार ८ सय ६६ जना निको भएका हुन ।
मन्त्रालयका अनुसार देशका विभिन्न आइसोलेशन सेन्टर र होम आइसोलेसनमा रहेकाहरु मध्ये प्रदेश १ मा ४ हजार ७ सय १७, प्रदेश २ मा १२ हजार ८ सय ८३, बागमती प्रदेशमा १३ हजार ९ सय १६ जना निको भएका छन् ।
यस्तै गण्डकी प्रदेशमा ३ हजार २४, प्रदेश नं ५ मा ८ हजार ७३, कर्णाली प्रदेशमा २ हजार ८ सय १८ र सुदूरपश्चिम प्रदेशमा ६ हजार ४ सय ४५ जना गरी हालसम्म जम्मा ५१ हजार ८ सय ६६ जना निको भएका हुन् ।












