काठमाडौँ । कोरोना रोकथाम र नियन्त्रणका लागि कानूनको अभाब संगै भएका कानूनको प्रभाबकारी कार्यन्वयन हुन नसकेको सरोकारवालाहरुले बताएका छन् । यूएसआईडी ,एनडिआई र आईआरआईले सयुक्त रुपमा आयोजना गरेको कोरोना भाईरसको महामारी संगै सबिधानलाई नियाल्दा बिषय मर्चुअल अन्तरक्रियामा सरोकारवालाहरुले प्रभाबकारी संक्रमण रोग नियन्त्रण सम्बन्धी कानूनको आबश्यकता रहेको औल्याए ।
कार्यक्रममा राष्ट्रियशभा सदस्य बिमला राई पौडेलले सक्रमणको समयमा संघीय संरचनाको औचित्य र आबश्यकता झनै बढेको उल्लेख गर्दे लामो समय देखीको एकै प्रकारको काम गर्ने शैली परिबर्तन हुन नसक्दा यसको प्रभाबकारीता नदेखिएको बताउनु भयो । सासद पौडेलले केन्द्र सरकारले प्रंदेश र स्थानीय सरकारले पूर्ण रुपमा काम गर्न सक्दैनन् कि भन्ने संका कायम नै रहेका कारण पनि अन्योलता उत्पन्न भएको बताउनु भयो ।
कार्यक्रममा प्रदेश २ का मुख्य न्यायाधीबक्ता दिपेन्द्र झाले प्रदेश सरकारलाई केन्द्र सरकारले पूर्ण रुपमा आफनो नियन्त्रणमा राख्न खाजेको दाबी गर्नुभयो । उहाले भन्नुभयो द्धेध शासन जस्ता देखिन्छ ,केन्द्रले तोकेको प्रमुख जिल्ला अधिकारी र स्थानीय सरकार बचि तालमेल नमिल्दा पनि समस्याहरु उत्पन्न भएका छन् ।
कार्यक्रममा धनगढी उपमहानगपालीकाका प्रमुख नृपबहादुर वडले केन्द्र सरकार र स्थानीय सरकारको काम प्रभाबकारी देखिएपनि प्रदेश सरकारले समन्वयात्मक भूमिका निर्बाह गर्न नसकेको टिप्पणी गर्नुभयो । स्थानीय सरकारहरुले सक्दो रुपमा काम गरेको दाबी गर्दे उहाले कतिपय बिषयमा कानूनको भन्दा पनि अनुभबको अभाब रहेको बताउनु भयो ।
अन्तरक्रिया कार्यक्रमको सहकर्ता रहनु भएका कान्तिपुर दैनिकका सम्पादक सुधिर शर्माले संघीय सरकारले संघियतालाई पुर्ण रुपमा आत्मसाथ गर्न नसकेको अबस्था रहेको टिपप्णी गर्नुभयो । कार्यक्रममा बिभिन्न क्षेत्रका ब्यक्तिहरुले सक्रमणको समयमा सरकारलाई खबरदारी गर्न संसद पनि क्रियासिल हुनुपर्ने सुझाब दिएका थिए । स्थानीय सरकारलाई कतिपय बिषयमा निर्णय गर्न स्बतन्त्र रुपमा दिनु पर्ने उल्लेख गर्दे केही कार्यन्वयनमा आएको समेत अनुभब राखेका थिए । सामाजिक परिक्षण्मा स्थानीय निकाय पास भएको उल्लेख गर्दे बक्ताहरुले नागरिकको अपेक्षा धेरै भएको तर त्यस अनुसार परिणाम नआउदा नकारात्मक टिप्पणीहरु भएको अनुभब राखेका थिए ।












