काठमाडौ ।नेपाल कम्युनिस्ट पार्टी (नेकपा )का महासचिव विष्णुप्रसाद पौडलले संविधानको प्रभावकारी कार्यान्वयन, संघीय लोकतान्त्रिक गणतन्त्रको सवलीकरण, राष्ट्रिय स्वाधीनताको रक्षा र ुसमृद्ध नेपाल(सुखी नेपालीु को राष्ट्रिय आकांक्षा साकार तुल्याउनु पर्ने बताउनु भएको छ ।
संविधान दिवसका अबसरमा शुभकामना सन्देश जारी गर्नु हुदै महासचिब पौडेलले यसमा लागि सबै पक्षलाई सबिधान दिबसले प्रेरणा दिने उल्लेख गर्नुभएको छ । महासचिब पौडेलले समस्त मानव जातिको साझा शत्रुको रुपमा रहेको कोविड( १९ महामारीको विरूद्ध स्वास्थ्य सावधानीका साथ आ(आफ्नो ठाउँबाट योगदान गर्न पनि आग्रह गर्नुभएको छ ।












