संविधान कहिल्यै पूर्ण हुँदैन । नेपालकाे वर्तमान संविधानका पनि अपूर्णताहरू छन् । राज्यकाे पुनर्संरचनामा अपूर्णताहरू छन्, शासकीय स्वरूपमा अपूर्णता छ । भद्दा प्रकारकाे संसदीय प्रणाली अहिले नेपालमा छ, याे उपयुक्त छैन । त्यसैले यसमा एउटा प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति र पूर्ण समानुपातिक शासकीय स्वरूप जरूरी छ ।












