नेपालमा संविधान निर्माणकाे लामाे पृष्ठभूमि रहेकाे र त्यसमा नेपाली काँग्रेसले अनवरत संघर्ष गरेकाे स्मरणा गर्दै नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवाले जनतालाइ हरेक क्षेत्रमा सशक्तीकरण गर्न संविधान सक्षम रहेकाे छ । तर संविधान र गणतन्त्रकाे भावना विपरीत वर्तमान कम्युनिष्ट सरकार लागिपरेकाे, भ्रष्टाचार बढेकाे, कानुनी शासनकाे बर्खिलाफमा सरकार लागिपरेकाे सभापति देउवाले आराेप लगाउनु भयाे । सुनाैं उहाँका विचार ।












