काठमाडौ। प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर ज.ब.रा ले संविधानलाई राज्य सञ्चालनको कानूनी दस्ताबेज मात्र नभएर जनताको जीवन पद्धतिको रूपमा लिनुपर्ने मान्यताको विकास भएको जनाउनु भएको छ । संविधान दिवस अबसरमा एक शुभकामना सन्दशे जारी गर्दे प्रधानन्याधीस राणाले संविधानको प्रभावकारी कार्यान्वयन तथा नेपालको संविधानले प्रत्याभूत गरेका हक अधिकारको सुनिश्चितता गर्दै आम नागरिकको लामो समयदेखिकोे विकास र समृद्धिप्रतिको अभिलाषा पूरा गर्न एवम् सुशासनको अनुभूति दिलाउन राज्यका सबै निकायहरूले आ–आफ्नो तहबाट योगदान गर्न सक्नुपर्ने बताउनु भयो ।
उहाले सबिधान दिबसका अबसरको विशेष दिनमा सबैले यहि प्रण गर्नुपर्ने पनि जनाउनु भयो । प्रधानन्याधीस राणाले नेपालको संविधानले सुम्पिएको जिम्मेवारी र भूमिका प्रति संवेदनशील हुँदै छिटो छरितो एवम् प्रभावकारी न्याय सम्पादनको माध्यमबाट सबैलाई न्याय सुनिश्चित गर्न न्यायपालिका सदैव क्रियाशील रहँदै आएको जनाउनु भएको छ । न्यायपालिकाको सुधारको विषयमा व्यक्त चासो,सरोकार र समसामयिक सुझावहरूलाई ग्रहण गर्दै सम्बोधनका लागि उपयुक्त पहलकदमी भएको प्रधानन्याधीसले स्पष्ट पार्नुभएको छ । उहाले न्यायपालिकाका काम कारबाही एवम् सुधारका प्रयासहरूप्रति विश्वस्त हुन पनि म सबैमा हार्दिक आग्रह गर्नुभएको छ । शुभकामना सन्देशमा प्रधानन्याधीस राणाले यस विशेष अवसरमा नेपालको संविधानले प्रत्याभूत गरेको स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिका तथा विधिको शासनको सुनिश्चितता गर्दै भरोसायोग्य न्यायप्रणालीको स्थापना र संविधानको कार्यान्वयनमा आफ्नो स्पष्ट प्रतिबद्धतासमेत जनाउनु भएको छ ।
प्रधानन्याधीस राणाले संविधान दिवस, २०७७ को पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुुभाइहरूमा हार्दिक मंगलमय शुुभकामना व्यक्त गर्नुभएको छ । उहाले ऐतिहासिक संविधानसभाबाट निर्माण भई २०७२ साल असोज ३ गते जारी भएको नेपालको संविधान कार्यान्वयनकोे पाँचौं वर्ष पूरा भएको उल्लेख गर्दे आफ्ना लागि आफैँले संविधान निर्माण गर्ने नेपाली जनताको लामो समयदेखिको चाहना साकार भएको दिनको सम्झना र सम्मानमा आजको यस विशेष दिनलाई संविधान दिवस अर्थात् राष्ट्रिय पर्वकोे रूपमा हामीले मनाउँदै आएका स्मरण गर्नुभएको छ ।
उहाले संविधानसभाबाट संविधान निर्माण हुने अवस्थासम्म ल्याउन र निर्माणको प्रक्रियामा आ–आफ्ना तहबाट भूमिका निर्वाह गर्नुहुने सम्बद्ध सबैको योगदानको आजको यस विशेष अवसरमा हार्दिकतापूर्वक स्मरणसमेत गर्नुभएको छ । शुभकामना सन्देशमा राणाले नेपालको संविधान संवैधानिक परिवर्तनको दस्ताबेज मात्र नभई लामो समयदेखिको राज्यको संरचना, शासकीय व्यवस्था र सामाजिक, सांस्कृतिक रूपान्तरणको आधारस्तम्भ पनि भएको उल्लेख गर्दे यस संविधानले जनताको प्रतिस्पर्धात्मक बहुदलीय लोकतान्त्रिक शासन प्रणाली,नागरिक स्वतन्त्रता, मौलिक अधिकार, मानव अधिकार, बालिग मताधिकार, आवधिक निर्वाचन, पूर्ण प्रेस स्वतन्त्रता तथा स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिका र कानूनीराज्यको अवधारणालगायतका लोकतान्त्रिक मूल्य तथा मान्यतालाई संविधानको आधारभूत संरचनाको रूपमा स्थापित गरेको स्मरण गर्नुभएको छ । संविधानवाद्, समानता र न्यायलाई संविधानले मूल यसको आत्माको रुपमा ग्रहण गरेको उल्लेख गर्दे उहाले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यम द्वारा दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकांक्षा पूरा गर्ने एवम् सामाजिक न्यायको सुनिश्चितता गर्ने उद्देश्य संविधानले लिएको जनाउनु भएको छ ।
शुभकामना सन्देशमा प्रधानन्याधीस राणाले विश्वव्यापी महामारीको रूपमा फैलिएको कोभिड–१९ को कारण लामो समयदेखि कठिन परिस्थितिकोे सामना गरिरहेको उल्लेख गर्दे न्यायपालिका लगायत राज्यका सबै अङ्ग र निकायहरूका काम कारबाहीहरू यसबाट प्रभावित भएको जनाउनु भएको छ । आम नागरिकका संविधानप्रदत्त हक अधिकार र आधारभूत सुविधाको प्राप्ति एवम् न्यायको पहुँचमा कठिनाइ उत्पन्न भएको यस विषम परिस्थितिमा नयाँ आशा, नयाँ क्षितिज र अवसरको खोजी गर्दै संविधानको कार्यान्वयन गर्नुपर्ने दायित्व भएको जनाउनु भएको छ । उहाले राज्यका सबै निकायहरूको त्यसतर्फको क्रियाशीलता, आपसी विश्वास, समन्वय र सहकार्यबाट नैै आम नागरिकमा विश्वास र भरोसा जागृत हुन सक्ने भन्दै आजको विशेष दिनले हामी सबैमा त्यस किसिमको ऊर्जा, हौसला र प्रेरणा प्रदान गर्ने छ भन्ने विश्वासका साथ संविधान दिवसको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्नुभएको छ ।












