२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
न्युजिल्याण्डले ऊर्जा सुरक्षा मजबुत बनाउन ‘एलएनजी’ सुविधा अघि बढाउने श्रीलङ्कामा तीन दिने डेङ्गु नियन्त्रण कार्यक्रम सुरु, पहिलो दिनमै व्यापक निरीक्षण मध्यपूर्व तनाव घट्ने सङ्केतसँगै लगानीकर्तामा उत्साह वसन्त ऋतुको हिमाल आरोहण मैझारो, एक अर्ब २६ करोड राजस्व संकलन शैय्या सङ्ख्याअनुसार शुल्क नतिर्ने स्वास्थ्य संस्था कारबाहीमा अदालतको लेटरप्याड र न्यायाधीशकै दस्तखत किर्ते गरेपछि… कामपा नगरसभाको १९औँ अधिवेशन आगामी ३१ मा पोखरा–भरतपुर–लुम्बिनीबीच पर्यटन प्रवर्द्धनका लागि ‘सिल्भर ट्रयाङ्गल’ समझदारी योग्य, सक्षम इमान्दारी नेतृत्व आवश्यक छ: महामन्त्री बुर्लाकोटी पशुपतिनाथ मन्दिर क्षेत्रमा सिक्री लुटपाट गर्ने पाँच भारतीय पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

मुस्लिम धर्मावलम्वीहरुका लागि उपत्यकामा वैकल्पिक कवरस्थानको खोजी



अ+ अ-

 काठमाडौ । मुस्लिम धर्मावलम्वीहरुका कुनै व्यक्तिको कोभिडबाट ज्यान गएमा मृत्यु संस्कार गर्न उपत्यकमा वैकल्पिक कबरस्थान (मुस्लिम धर्मालम्बीको धर्मअनुसार मृत्यु पछि शव गाडिने ठाउँ)को खोजी गरिने भएको छ । कोरोनाका कारण त्रिवि शिक्षण अस्पतालमा मृत्यु भएका एकजनाको स्वयम्भुमा रहको एक मात्रै कबरस्थानमा शव गाड्न स्थानीयले अवरोध गरेपछि वैकल्पिक ठाउँको खोजी गरिने भएको हो ।

त्यसका लागि मुस्लिम आयोगका अध्यक्ष समिम मिया अन्सारीको संयोजकत्वमा ७ सदस्यीय समिति गठन गरिएको छ । स्थानीय वडा कार्यालय र स्थानीयहरुले कोभिडबाट मृत्यु भएकाहरुलाई स्वयम्भुमा रहेको कवरस्थानमा गाड्न नदिने बताएपछि ४ दिनसम्म ती मृतकको अन्तिम संस्कार गर्न सकिएको थिएन । सामाजिक सद्भाव नविगार्न उपत्यकामा वैकल्पिक कबरस्थानका लागि ठाउँ खोजिने अध्यक्ष अन्सारीले बताउनुभयो ।

बुधबार  प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय, गृहमन्त्रालय, सुरक्षा निकाय र स्थानीय तहका प्रतिनिधिसम्मिलित छलफलले वैकल्पिक स्थान खोजी गर्न समिति गठन गरिएको हो । छलफलका क्रममा भट्टेडाँडा, चम्पादेवी, फर्पिङ, शिवपुरी डाँडा र नागार्जुन डाडाँको अध्ययन गर्न सुझाव आएको उहाँले बताउनुभयो । 
बस्तीभन्दा टाढा, स्थानीयलाई अफ्ठ्यारो नपर्ने र गाडी तथा एम्बुलेन्स सहजै जाने ठाउँको अध्ययन गरी कोभिड १९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (सिसिएमसी) लाई सिफारिस गरिने उहाँले बताउनुभयो । उपत्यकामा बैकल्पिक कवरस्थानका लागि ठाउँ नभेटिए उपत्यका बाहिरबाट उपचारका लागि काठमाडौं आएका तर निधन भएकाहरुलाई सम्बन्धि जिल्लामा पठाउने व्यवस्था सरकारले गर्नुपर्ने उहाँले बताउनुभयो ।