काठमाडौं। चैत्रको पहिलो साता देखी रोकिएक लामो दूरीका सबारी साधानहरु भोलि असोज १ गते अर्थात बिश्वकर्मा पूजाका दिनबाट सुचारु हुने भएको छ । यातयात व्यवसायीहरुले लामो दूरीको सवारी साधनहरु सञ्चालनका लागि तोकिएको मापदण्ड पुरा गरी संञ्चालन गर्ने जनाएको छन् ।
यातयात व्यवसायीहरुले लामो दूरीको यातयात सञ्चालनमा ल्याउनका लागि भदौ २६ गते यातायात मजदुर र व्यवसायीले भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्त कुमार नेम्वाङ र कोभिड९१९ संकट व्यवस्थापनलाई असोज १ गतेबाट सार्वजनिक गाडी चलाउने जानकारी गराउदै सहज सञ्चालनको ब्यबस्था मिलाईदिन आग्रह गरेका थिए ।
सरकारले पनि लामो दूरीको सार्वजनिक यातयात सञ्चालन असोज १ गते बाट सुचारु गर्न दिने निर्णय गरेपछि सेवा सुचारु हुन लागेको हो । सेवा सुचारु गर्दा ५० प्रतिशत सिटमामात्र यात्रु बोक्ने स्बास्थ्थ सुरक्षाका मापदण्ड पूर्ण रुपमा पालना गर्नुपर्ने छ ।












