काठमाडौ । नेपालका लागि अमेरिकी राजदुत र्याण्डी बेरी समावेशी लोकतन्त्रका लागि युवाहरूमा राजनीतिक चेत हुनु पर्ने बताउनु भएको छ ।नेपालस्थित अमेरिकी मिसनद्वारा पोखरा रिसर्च सेन्टरसँगको सहकार्यमा आयोजित व्यवसायिक संसदीय सहयोग कार्यक्रमको उद्घाटन गर्दे राजदुत बेरीले यस्तो धारणा राख्नु भएको हो ।
५ दिने अनलाइन कार्यक्रममा गन्डकी प्रदेशका ११ जिल्लाहरूबाट छनौट भएका २०देखी ३० बर्ष उमेर समुहुका ५० जना युवा नेतृत्वकर्ताहरूको सहभागिता रहेको छ । सार्वजनिक नीति सम्बन्धी तालिम दिने कार्यक्रम लक्ष रहेको छ ।












